संसद विघटनविरुद्ध आज काँग्रेसको देशव्यापी विरोध प्रदर्शन

१३ पुस, काठमाडौं ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै छ ।

आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्ने भएको हो । गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ ।

सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

Advertisement

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुग्न लागेको हो । साथै संसद पुनस्र्थापना नहुँदा पनि आजको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।

किनभने प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ । आजको प्रदर्शनलाई काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ ।

Advertisement

त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् भने महामन्त्री शशांक कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मोरङको कायक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।

सभापतिबाहेक शीर्ष नेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अधिकांश केन्द्रीय सदस्य आफ्नो निर्वाचनको कार्यक्रममा सहभागी हुने छन् ।

काठमाडौँका दश निर्वाचन क्षेत्रका विभिन्न १० ठाउँमा आज विरोध प्रदर्शन र सभा हुनेछ । अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने काठमाडौँ काँग्रेसले जनाएको छ ।

काठमाडौंका यी स्थानमा विरोध प्रदर्शन हुँदैछन्–

निर्वाचन क्षेत्र नम्बर १– नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २– कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३– जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४– नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५– महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६– मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७– बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८– बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९– कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०– कीर्तिपुर बजार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top