नयाँ कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा १० लाख संक्रमित

१३ पुस, एजेन्सी ।
दक्षिण अफ्रिकामा १० लाख भन्दा बढी नयाँ कोरोनाका संक्रमित फेला परेका छन् ।

कोरोनाको परिस्कृत भाइरसको संक्रमण बेलायत, फ्रान्स लगायतका देशमा पुन फैलिइरहेका बेला दक्षिण अफ्रिकामा पनि सोही प्रकृतिको भाइरस फेला परेको अधिकारीहरुले जनाएका छन् ।

कोरानाको संक्रमितको संख्या बढ्दै गएसँगै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुकभर लकडाउनको घोषणा गरेका छन्। स्वास्थ्यमन्त्री ज्वेली म्खिजेले स्वास्थ आपतकालको घोषणा गरेर कोरोना नियन्त्रणका कदम चालिने बताएका छन् ।

गत मार्चदेखि सुरु भएको कोरोनाका कारण दक्षिण अफ्रिकामा २६ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । गत हप्तामात्र दैनिक करिब १२ हजार जना संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

यो तथ्यांक दैनिक ३० प्रतिशतले वृद्धि हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । गत बुधबारदेखि शुक्रबारसम्म दैनिक संक्रमितको संख्या १४ हजार भन्दा बढी रहेको बताइएको छ । दक्षिण अफ्रिकामा नयाँ भाइरसको प्रकोप बढ्न थालेपछि विश्वभर पुनः सतर्कता अपनाइएको छ ।

बेलायतले दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा कोरोनाको नयाँ भाइरसले संक्रमण भएको जनाएको छ । यस्तै फ्रान्समा पनि सोही प्रकृतिको भाइरसबाट संक्रमितहरुको पहिचान भएको समाचारमा जनाइएको छ ।

जापानले विदेशीहरुलाई आफ्नो देशमा प्रवेशमै रोक लगाएको छ । दक्षिण अफ्रिकापछि कोरोनाको नयाँ संक्रमणबाट मोरोक्को सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top