×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

वैज्ञानिक कुँवरद्वारा ‘गोमन सङ्गीतलिपि’ को आविष्कार

१३ पुष २०७७

१३ पुस, गलेश्वर ।

भौतिक शास्त्र पुनःनिर्माण अभियानका केन्द्रीय अध्यक्ष भवेन्द्र कुवँरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन् । भौतिक शास्त्रीय मान्यताका आधारमा निर्मित उक्त सङ्गीत लिपिको आविष्कारपछि साङ्गीतिक पाठहरूका मसिना पक्षकोसमेत लेखन र सङ्ग्रह गर्न सकिने भएको छ ।

Advertisement
Advertisement

भौतिक विज्ञानमा दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरण पत्ता लगाई ग्यालिलियोले पूरा गर्न बाँकी छोडेका र न्यूटन, आइन्सटाइन आदि वैज्ञानिकले पूर्णता दिन नभ्याएका भौतिक शास्त्रीय परिमाणलाई पूर्णता प्रदान गर्नुभएका वैज्ञानिक कुँवरले हालै ‘गोमन सङ्गीतलिपि’ नामक नयाँ सङ्गीतलिपि आविष्कार गरेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएका वैज्ञानिक कुँवरले आर्किमिडिजको सिद्धान्तमा देखिएका समस्यासम्बन्धी वैज्ञानिक अनुसन्धान सम्पन्न गरेपछि भौतिक विज्ञानका क्षेत्रमा तरङ्ग उत्पन्न भएको थियो ।

यसअघिका सङ्गीतलिपिहरू पूर्णतः वैज्ञानिक आधारमा निर्माण नहुँदा ध्वनि र समयका मसिना पक्ष समेट्ने व्यवस्था गरिएको थिएन । जसका कारण साङ्गीतिक पाठहरूका सूक्ष्मदेखि स्थूल संरचनामा नीहित सबै तह र पक्षहरूको लेखन, पठन र सङ्ग्रहणमा समस्या रहँदै आएको सङ्गीतकारहरुले बताउँदै आएका थिए ।

प्रचलित लिपिहरूमा मसिना तह र पक्षहरू संलग्न हुन नसक्ने देखिएपछि कुँवरले “वैज्ञानिक सङ्गीतलिपिः आधार र स्थापना” शीर्षकको अनुसन्धानपत्र विज्ञसमीक्षित (पिअर रिभ्युड) जर्नल “ज्ञानगङ्गा” मा छपाएका थिए । सोही लेखमार्फत् कुँवरले “गोमन सङ्गीतलिपि” नामक नयाँ सङ्गीतलिपि स्थापना गरेका हुन् ।

वैज्ञानिक कुँवरले सङ्गीतलिपिको नामकरणबारे बताउँदै भने, “गोमन सर्पको शारीरिक संरचनासँग तुलनीय देखिएकाले गोमन सर्पको नामबाट नै यस लिपिको नामकरण गरिएको हो ।” कुँवरले उक्त सङ्गीतलिपिको “गोमन सङ्गीतलिपि (कोब्रा नोटेशन)” नामकरण गरेका छन् ।

ध्वनिको तरङ्गको वैज्ञानिकस्वरूप जसरी नै नवीन आकृतिका आधारमा गोमन सङ्गीतलिपिको निर्माण गरिएको वैज्ञानिक कुँवरले जानकारी दिए । सङ्गीतकारसमेत रहेका वैज्ञानिक कुँवरले भौतिक शास्त्र र गणितमा स्थापित वैज्ञानिक मान्यताका आधारमा उक्त सङ्गीतलिपि स्थापना गरेका हुन् ।

यसअघिका लिपिहरू वैज्ञानिक आधारमा नभई परम्परागत आधारमा आधारित हुँदा साङ्गीतिक पाठहरूका मसिना पक्षहरूलाई लिपिबद्ध गर्न समस्या रहेको थियो । “सुरहरूको सापेक्ष उचाइ र प्रचलित लिपिनिर्माणका आधारबीच विरोधाभास देखिँदै आएको थियो ।” वैज्ञानिक कुँवरले प्रचलित लिपिबारे जानकारी दिए ।

अनुसन्धानपत्रमा के छ ?
झण्डै १० हजार बढी शब्द रहेको उक्त अनुसन्धान लेखमा सङ्गीतलिपिको पृष्ठभूमि, सङ्गीतलिपिका सैद्धान्तिक र प्रायोगिक आधार, सङ्गीतलिपिको नामकरण, गोमन सङ्गीतलिपिका सङ्केत र नमूनापाठ समावेश गरिएको छ ।

उक्त अनुसन्धान लेखमा हालसम्मका कुनै पनि सङ्गीतलिपिले नसमेटेका सोंच र आविभाजनसमेत समेटिएका छन् भने जुनसुकै भाषाका व्यक्तिले पनि आफ्नो लिपिअनुसारको दिशामा लेख्न सकिने प्राविधिक पक्षसमेत समेटिएको छ ।

यसअघिका कुनै पनि लिपि सबै भाषाका लिपिमैत्री थिएनन् । बायाँदेखि दायाँतिर लेखिने लिपि भएका कारण बायाँदेखि दायाँतिर लेखिने भाषिक समुदायका व्यक्तिका लागि मैत्रीपूर्ण हुन सकेका थिएनन् । एउटै पङ्क्तिमा एक दर्जनबढी बाजाका आलोपालो मिलाउन सकिने सरल र सङ्क्षिप्त प्रविधि पनि उक्त लेखमा छ ।

यसअघिका लिपिहरूमा आयामका मसिना चरणहरू किटान हुन सकेका थिएनन् । सापेक्ष मोटाइलाई मात्र स्थान दिइन्थ्यो । गोमन सङ्गीतलिपिमा मोटाइका फरकफरक चरणहरूलाई समेत लिपिबद्ध गरिएको उनले बताए । प्रचलित लिपिमा कतै २२ र कतै २४ श्रुतिमात्र अध्ययन अध्यापन गराउँदै आएको भए पनि कुँवरले ४८ ओटा श्रुति र तिनका हर्जसमेत उल्लेख गरेका छन् । साथै कुँवरले तीभन्दा बढी श्रुतिहरूको अध्ययन गर्न गराउन सकिने सम्भाव्यतासमेत औँल्याएका छन् । यो पहिलेको प्रचलनभन्दा धेरै नै मसिना पक्षसँग सम्बन्धित छ ।

समयखण्डका सूक्ष्मदेखि स्थूल रूपसम्मको व्यवस्था उक्त लिपिमा छ । विभागभित्र नीहित सोंचलाई यसअघिका लिपिहरूमा संलग्न गराइएको थिएन भने गोमन सङ्गीतलिपिमा सोंचले पनि प्रवेश पाएको उनले जानकारी दिएका छन् । “गोमन सङ्गीतलिपिको कुनै पनि लेखन भद्दा छैन । स्पेश पनि कम लिन्छ र हरेक अक्षर वा वर्णमा हुने गतिविधिलाई लिपिबद्ध गर्न सक्छ”, वैज्ञानिक कुँवरले भने । अन्य लिपिका आधारमा पठन गर्दा सुर पठन गर्न वर्षौं लाग्ने तर गोमन सङ्गीतलिपिको सहाराबाट केही हप्ता वा महिनामा नै पठन गर्न सकिने कुँवर बताउँछन् । यसबारे थप स्पष्ट गर्दै कुँवरले भने, “सुर विस्तार गर्न र गायकीका लागिसमेत गोमन सङ्गीत लिपि निकै उपयोगी हुन जाने देखिएको छ ।”

नयाँ लिपिको आवश्यकता किन ?

सबैभन्दा आधुनिक मानिएको आधुनिक स्टाफ नोटेशन तथा भारतीय भातखण्डे र पलुस्कर लिपिमा पनि व्यवहारमा प्रयोग हुँदै आएका कुरा छुटेको पाइएपछि नयाँ लिपिको आवश्यकता महसुस भएको कुँवरले बताए । “सोही आवश्यकताबमोजिम प्रचलित लिपिहरूको अध्ययन गर्दै जाँदा सबैभन्दा आधुनिक भनिएको स्टाफ नोटेशनमा दर्जनौँ अनावश्यक सङ्केत रहेको भेटे । यति धेरै सङ्केत हुँदाहुँदै पनि सूक्ष्मदेखि स्थूल पक्षहरू अभिव्यक्त गर्न नसकेको देखियो । प्रमुख मात्रा, उपप्रमुख मात्रा र सहायक मात्राको भिन्नता छुट्टाइएको देखिएन”, वैज्ञानिक कुवँरले भने।

“उचाइ दर्शाउँदा पनि सारेगमका लागि मात्र सही रूपले दर्शाइएको देखियो तर अन्य सुरका लागि हर्जसम्मत देखिएन, विज्ञानसम्मत देखिएन । भद्दा रेखापुञ्ज दिनुपर्ने र सबै तहका सुरलाई देखाउन नसक्ने गरेको देखियो” नयाँ सांगीतिक लिपिको आवश्यकता बारे कुवँरले स्पष्ट पारे ।

त्यस्तै परिमार्जित भातखण्डे लिपिमा उचाइलाई दर्शाउने सङ्केत नै नभएको देखिएको कुवँरको तर्क छ । सोँच र आविभाजनलाई स्थान दिएको देखिएन । मोटाइ र नरमपनका विभिन्न खण्ड र आविभाजितसूक्ष्म खण्डलाई कम प्राथमिकता दिएको देखियो । प्रमुख मात्रा, उपप्रमुख मात्रा र सहायक मात्राको भिन्नता छुट्टाइएको देखिएन । त्यसकारण नयाँ लिपिको आवश्यकता महसुस गरी अनुसन्धान गर्दै जाँदा यो लिपि पत्ता लगाउन सफल भएको कुवँरले बताए ।

पहिलेका लिपिमा के कस्ता रिक्तता देखिए ?

वैज्ञानिक कुँवरका अनुसार प्रचलित बहुप्रचलित स्टाफ नोटेशनमा ध्वनिको उपस्थिति र अनुपस्थितिका झण्डै दुई दर्जनबढी अनावश्यक सङ्केत रहेको देखियो तर आवश्यक मूल सङ्केतहरूको भने अभाव देखियो । उक्त नोटेशनमा सुरको उचाइलाई वैज्ञानिक मान्यताअनुरूप देखाउन नसकिएको पनि कुँवरले पहिल्याए । स्टाफ नोटेशनमा सा को सापेक्षतामा रे र ग बराबर उत्तरोत्तर देखिए तर म पनि उही रूपमा राखियो जुन भौतिक शास्त्रीय र गणितीय दृष्टिले त्रुटिपूर्ण हुन जाने देखियो भने ग देखि माथिका शुद्ध सुरहरू अन्य विकृत सुरहरूको स्थापना भौतिक शास्त्रीय र गणितीय दृष्टिले पुष्टि गर्ने आधार फेला पार्न सम्भव नहुने देखियो ।

कुँवरका अनुसार वर्ण शैलीका लिपिहरूमा झन् उचाइलाई नै बेवास्ता गरी लेखन गरिएको पाइयो । मीड र उपमात्राका लागि छुट्टै रेखा कोर्नुपर्ने स्थितिले लेखन भद्दा हुनुका साथै ठूलो उचाइको अन्तरमा मीड र उपमात्रा देखाउँदा समस्या हुनुका साथै रेखापुञ्ज शैलीका लिपिमा उपमात्राखन्ड र मीड एकैचोटि देखाउनुपर्ने अवस्थामा समस्या रहेको देखियो ।

यस्ता रिक्तताबारे थप स्पष्ट पार्दै कुँवरले भने, “रेखापुञ्जमा पनि उपमात्रा र निरन्तरता कसरी व्यक्त गर्ने भन्ने प्रविधिको अभाव रहेको देखियो । त्यसका लागि पनि नयाँ प्रविधि अनाउनुपर्ने देखियो ।” रेखापुञ्ज शैलीका लिपिहरूमा समयका खन्डहरूलाई पनि सूक्ष्मदेखि स्थूल रूपसम्म देखाउन नसकिएको र स्टाफ नोटेशनमा पनि आघातका चरणलाई समावेश नगरेको पाइएको कुँवरले बताए । यसबाट गायकी बनाउन र सुरको उचाइ अनुमान गर्न पनि अन्योल हुने स्थिति रहेपछि वैज्ञानिक आधारमा नयाँ लिपि निर्माण गर्नुपर्ने आवश्यकता देखिएको कुँवरको भनाइरहेको छ ।

सङ्गीतलिपि निर्माणको परम्परा के छ ?

सङ्गीतका सुरहरूको विज्ञानसम्मत उचाइ निर्धारण गर्ने र वाद्ययन्त्रको निर्माणका आधार बनाउने काम गणितज्ञ र भौतिकशास्त्रीहरूले गर्दै आएको पाइन्छ । सर्वप्रथम पाइथागोरसले उही सुरको दुईगुणा गराउँदा उही तन्काइको तारको दूरी दुईगुणा कम हुने तथ्य पत्ता लगाएको मानिन्छ ।

वैदिक प्रभावमा भरतले आफ्नो नाट्यशास्त्रमा श्रुतिहरूको स्थापना गरेको र पिङगलले समयखन्डका नवीन प्रयोगहरू गरेको मानिन्छ । त्यसैगरी ग्यालिलियोले अन्य सुरका उचाइका लागि तारको लम्बाइको अनुपात प्रस्ताव गरेको देखिन्छ भने पछिल्लो समयमा न्युटन, हकिङ् आदिले पनि सङ्गीतमा काम गरेको देखिन्छ ।

यही पृष्ठभूमिमा फुरिअर, हेमहोल्ट्ज आदि गणितज्ञ र वैज्ञानिकहरूले स्टाफ नोटेशनको विकासमा थप योगदान दिएको देखिन्छ भने भातखन्डे, पलुस्कर आदिका कार्यबाट भारतीय सङ्गीत परम्परामा योगदान पुगेको देखिन्छ । केही वैज्ञानिकहरूले विकास गरेका वैज्ञानिक लिपिहरूमा पनि सुरहरूको भौतिक शास्त्रीय र गणितीय आधारमा हुने उत्तरोत्तर वृद्धिको महत्वपूर्ण पक्षलाई छुट्याइएको देखिन्छ । ती सङ्गीतलिपिहरूले साङ्गीतिक पाठहरूमा भएका धेरै कुराहरूलाई लिपिबद्ध गर्न नसकिने देखिएपछि वैज्ञानिक कुँवरले नयाँ लिपिको आवश्यकता महसुस गरेका थिए । सोही आवश्यकताबमोजिम खोज गर्दै जाँदा केही वर्षपछि मात्र उनले यस लिपिलाई तयार पारेको जानकारी दिए ।

को हुन् आविष्करर्ता कुँवर ?

म्याग्दी जिल्लाको ज्यामरुककोटमा जन्मिएका वैज्ञानिक भविन्द्र कुँवरले आर्किमिडिजको सिद्धान्तमा देखिएका समस्यासम्बन्धी वैज्ञानिक अनुसन्धान सम्पन्न गरेपछि भौतिक विज्ञानका क्षेत्रमा तरङ्ग उत्पन्न भएको थियो । केही भौतिकशास्त्री र शोधकर्ताहरूले विभिन्न पत्रपत्रिका तथा पिअर रिभ्युड जर्नलमा समेत उनका वैज्ञानिक कार्यबारे विभिन्न कोणबाट बहस र टिप्पणी गर्दै आएका थिए । भौतिक विज्ञान र गणितका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कुँवर विभिन्न विषयका अनुसन्धान कार्यमा निरन्तर लागिपरेका छन् ।

भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत रहेका कुँवरले भौतिक विज्ञानमा दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरण पत्ता लगाई ग्यालिलियोले पूरा गर्न बाँकी छोडेका र न्युटन, आइन्सटाइन आदि वैज्ञानिकहरूले पूर्णता दिन नभ्याएका भौतिक शास्त्रीय परिमाणहरूलाई पूर्णता प्रदान गरेका थिए र निरन्तररूपमा अनुसन्धान कार्यमा खटिँदै आएका छन् । झन्डै आधा दर्जनजति भौतिक विज्ञानसँग सम्बन्धित पुस्तक प्रकाशित गरेका खोजकर्ता कुँवरका हालसम्म भौतिक विज्ञानसँग सम्बन्धित झन्डै आधा दर्जनजति अनुसन्धान लेखहरू पिअर रिभ्यिुड जर्नलहरूमा प्रकाशित छन् ।

वैज्ञानिक कुँवरले भौतिकशास्त्र र विज्ञानका क्षेत्रमा मात्र नभई साहित्य र सङ्गीतका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिँदै आएका छन् । उनका ‘एक्लो केटाका साथीहरू’ शीर्षकको उपन्यास र ‘एउटा डाँका’ र ‘हल्ला चलेकी फूलमाया’ शीर्षकको खन्डकाव्य प्रकाशित छन् । उनका आधुनिक, लोक, पप आदि दर्जनौँ सङ्गीतबद्ध गीत पनि छन् ।

सङ्गीतकर्मीसमेत रहेका कुँवरले लक्ष्मीप्रसाद देवकोटाको “घनघोर दुःख सागर…” शीर्षकको पहिलो कवितालाई चार सय ४४ प्रकारले ‘कम्पोज’ गरेका थिए । कुँवरको उक्त कार्यबाट देवकोटाको पहिलो रचना नै विश्वकै सबैभन्दा धेरै प्रकारले म्युजिक ‘कम्पोज’ गरिएको रचना हुन पुगेको थियो ।

देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको लक्ष्मीप्रसाद देवकोटाको १०५ औँ जन्मजयन्तीका अवसरमा कुँवरले गरेका ती म्युजिक कम्पोजहरू बजाइएको थियो । यसरी सङ्गीतका क्षेत्रमासमेत योगदान पुर्याउँदै आएका वैज्ञानिक कुँवरले बिगत एक दशक अघिदेखि सङ्गीतका गायन, हारमोनियम, किबोर्ड, तबला, मादल, गितार, बाँसुरी, सारङ्गी, कम्पोज आदि विषयको सङ्गीत प्रशिक्षकका रुपमा पनि काम गर्दै आएका छन् । प्रशिक्षणकै क्रममा विभिन्न प्रचलित सङ्गीत लिपिहरूमा भएका रिक्तता र समस्यालाई उनले पहिचान गर्दै आएका छन् ।

Advertisement

विद्यावारिधिरत भौतिकशास्त्री कुँवरले विगत लामो समयदेखि सङ्गीत लिपिसँग सम्बन्धित तथ्यहरू सङ्कलन गर्दै आएका थिए । यसअघिका सुरस्थापना, लिपि निर्माण र विकासमा पनि भौतिकशास्त्री र गणितज्ञहरुले योगदान दिँदै आएको पाइन्छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top