×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेरि तात्न थाल्यो सडक

१४ पुष २०७७

काठमाडाैँ : पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा, राप्रपालगायत मूलधारका पार्टीले संसद् विघटन रोक्न प्रदर्शन थालेसँगै उपत्यकाको सडकमा भीडभाड बढ्न थालेको छ । अहिले नेकपाकै शीर्ष नेताहरूका विभिन्न गुट सडक प्रदर्शनमा उत्रने गरेका छन् । कोरोना संक्रमणले देशलाई गाँजिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि त्यसको विरोध गर्दै सडकमा आउने सर्वसाधारण तथा राजनीतिककर्मीको संख्या बढ्दो छ । उनीहरूले सहरका चोकचोकमा विरोध प्रदर्शन तथा ¥यालीहरू आयोजना गर्दै आएका छन् ।

Advertisement
Advertisement

यसैबीच विकसित राजनीतिक घटनाक्रमसँगै सडकमा विरोध तथा प्रदर्शनजन्य गतिविधि बढ्न थालेपछि उपत्यकाको सुरक्षा अवस्था थप कडा बनाइएको छ । भिआइपीको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । राजनीतिक विवादपछि ओलीको ओहोरदोहोरमा सडक खाली गर्न थालिएको छ । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको निजी सुरक्षामा पनि थप कडा पारिएको छ । राजनीतिक विवादपछि हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर शीर्ष नेताहरू कार्यकर्ता र सुरक्षाकर्मीको आड लिएर मात्र सडकमा निस्कने गरेका छन् ।

Advertisement

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी वसन्त कुँवरले उपत्यकाको सुरक्षा मजबुत बनाइएको जानकारी दिए । ‘सुरक्षा अवस्था कडा पार्नु अहिलेको आवश्यकता हो । सडकमा सुरक्षा दिनुका साथै आपराधिक गतिविधि हुन नदिनु प्रहरीको दायित्व हो,’ उनले भने, ‘उपत्यकाका सबैजसो प्रहरी कार्यालयका जनशक्तिलाई सडक केन्द्रित गरिएको छ ।’ उनका अनुसार बालुवाटार, शीतलनिवास र खुमलटार क्षेत्रमा पहिलेभन्दा सुरक्षाकर्मी बढाइएको छ । नयाँ बानेश्वर, माइतीघर, सुन्धारा, सिंहदरबार, कोटेश्वर, दरबारमार्गलगायत क्षेत्रमा पनि सुरक्षाकर्मी बढाइएको छ ।,यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top