×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च

१४ पुष २०७७

काठमाडौँ : कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।

कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५/०७६ मा ५६ लाख १० हजार ११, र २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेशमा उत्पादन
मन्त्रालयले सातवटै प्रदेशमा दुई आर्थिक वर्षमा उत्पादन भएको तथ्याङ्क पनि उपलब्ध गराएको छ । त्यसमा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश दुई मा तीन लाख ८२ हजार २७५ हेक्टरमा खेती भएको थियो । जसमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रदेश १ को तीन लाख ३० हजार ४३८ हेक्टरमा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशको एक लाख ३२ हजार ८१३ हेक्टरमा पाँच लाख नौ हजार ५९०, गण्डकी प्रदेशको एक लाख छ हजार ५४१ हेक्टरमा तीन लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको तीन लाख सात हजार १४९ हेक्टरमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशको एक लाख ७५ हजार २१८ हेक्टरमा छ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

उत्पादन वृद्धिको कारण
चालू आर्थिक वर्षमा जेठ ३० गतेदेखि नै सक्रिय मनसुन सुरु भएको थियो भने गत आर्थिक वर्षमा असार ५ बाट मनसुन सुरु भएको थियो । गत वर्षको तुलनामा यसपालि ३१ प्रतिशतभन्दा बढीले वर्षा भएको मन्त्रालयले जनाएको छ । यसपटक समयमा रोपाइँ सम्पन्न भएको थियो । त्यसका साथै बन्दाबन्दीका कारण क्षेत्रफलमा वृद्धिका कारण कामदारको उपलब्धताले धान उत्पादनको कारण बनेको मन्त्रालयले जनाएको छ ।
प्रदेशगत कृषि कार्यालयहरूबाट समयमा बीउबिजन, मल, औजारको उपलब्धताले गर्दा पनि धान उत्पादनमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुभयो । गत सालको तुलनामा धानको ९५ प्रतिशत उन्नत बीउ पनि किसानले प्रयोग गरेका कारणले नतिजा परिणामुखी आएको उहाँले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top