×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

धान उत्पादन बढ्यो, उत्पादकत्व हालसम्मकै उच्च

१४ पुष २०७७

१४ पुस, काठमाडौं ।
कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ ।

तर पछिल्लो समय युरिया मलको अभावका कारण प्रक्षेपण गरेअनुसारको धान उत्पादन भने हुन सकेन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।

कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो ।

यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ । विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३–७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ ।

२०७४–७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५–०७६ मा ५६ लाख १० हजार ११, र २०७६–७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेशमा उत्पादन
मन्त्रालयले सातवटै प्रदेशमा दुई आर्थिक वर्षमा उत्पादन भएको तथ्याङ्क पनि उपलब्ध गराएको छ ।

त्यसमा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश दुई मा तीन लाख ८२ हजार २७५ हेक्टरमा खेती भएको थियो । जसमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रदेश १ को तीन लाख ३० हजार ४३८ हेक्टरमा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशको एक लाख ३२ हजार ८१३ हेक्टरमा पाँच लाख नौ हजार ५९०, गण्डकी प्रदेशको एक लाख छ हजार ५४१ हेक्टरमा तीन लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको तीन लाख सात हजार १४९ हेक्टरमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशको एक लाख ७५ हजार २१८ हेक्टरमा छ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उत्पादन वृद्धिको कारण
चालू आर्थिक वर्षमा जेठ ३० गतेदेखि नै सक्रिय मनसुन सुरु भएको थियो भने गत आर्थिक वर्षमा असार ५ बाट मनसुन सुरु भएको थियो ।

गत वर्षको तुलनामा यसपालि ३१ प्रतिशतभन्दा बढीले वर्षा भएको मन्त्रालयले जनाएको छ । यसपटक समयमा रोपाइँ सम्पन्न भएको थियो । त्यसका साथै बन्दाबन्दीका कारण क्षेत्रफलमा वृद्धिका कारण कामदारको उपलब्धताले धान उत्पादनको कारण बनेको मन्त्रालयले जनाएको छ ।

प्रदेशगत कृषि कार्यालयहरूबाट समयमा बीउबिजन, मल, औजारको उपलब्धताले गर्दा पनि धान उत्पादनमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए। गत सालको तुलनामा धानको ९५ प्रतिशत उन्नत बीउ पनि किसानले प्रयोग गरेका कारणले नतिजा परिणामुखी आएको उनले बताए ।

धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि तराई–मधेसका किसानले सीमापारिबाट अनौपचारिक रूपमा रासायनिक मल ल्याएर असहजता पूर्ति गरेको कृषि मन्त्रालयले जनाएको छ ।

प्रक्षेपण पूरा भएन
रोपाइँको समयमा यस वर्ष अहिले अनुमान गरिएभन्दा बढी धान फल्ने प्रक्षेपण गरिएको थियो ।

Advertisement

तर दोस्रो टप ड्रेसिङमा युरिया मलको अभाव रहेकाले प्रक्षेपित मात्रामा धान उत्पादन हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य मन्त्रालयले लिएको थियो ।(गोरखापत्र)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top