अमेरिकी सुरक्षा एजेन्सीहरुमा ट्रम्प प्रशासनका कारण गम्भीर धक्काः बाइडेन

१३ पुस ७७, मंगलबार

१४ पुस, एजेन्सी ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका लागि महत्वपूर्ण रहेका एजेन्सीहरुमा ‘गम्भीर धक्का’ लागेको बताएका छन् ।

आफ्नो टिमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको बाइडेनले बताएका छन् । रक्षा मन्त्रालयसहितबाट आवश्यक जानकारी नपाउँदै आफ्नो अन्तरिम टिमलाई काम गर्न कठिन भएको बाइडेनले बताएका हुन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले आउँदो जनवरी २० मा शपथ ग्रहण गर्ने छन् । राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिका सल्लाहकारहरुको ब्रिफिङ्गपछि बाइडेन ट्रम्पमाथि आक्रामक रुपमा खनिएका हुन् ।

बाइडेनको सोमबारको टिप्पणीपछि कार्यबाहक रक्षा मन्त्री क्रिष्टोफर मिलरले बाइडेनको अन्तरिम टिमलाई सहयोग गर्नका लागि सक्दो व्यवसायिक रुपमा काम गरिरहेको बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ताले पेन्टागन बाइडेन टिमसँग ‘पूर्णरुपमा पारदर्शी’ रहेको बताए ।

सल्लाहकारसँगको भर्च्युअल सम्मेलनमा बाइडेनले आफ्नो टिमले रक्षा मन्त्रालय तथा अफिल अफ म्यानेजमेन्ट एण्ड बजेटबाट अवरोधको सामना गरिरहेको बताएका छन् ।

उनले भनेक छन्, ‘तत्काल हामीले जाँदै गरेको प्रशासनबाट दिइनु पर्ने जति सूचना हामीले पाएका छैनौँ । विशेष गरि राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषयमा । मेरो विचारमा यो गैरजिम्मेवारीपन हो ।’ उनले थपे, ‘हाम्रो सुरक्षाका लागि महत्वपूर्ण रहेका धेरै एजेन्सीहरुमा गम्भीर नोक्सानी वा धक्का पुगेको छ ।’

ट्रम्पले चुनावको केही समयपछि रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गरेका थिए । रंगभेद विरोधी आन्दोलनलाई दबाउन सैनिक परिचालन गर्न अस्वीकार गरेका कारण ट्रम्पले एस्परलाई बर्खास्त गरेको खुलेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top