ओलीको चर्काे आलोचनासँगै पार्टी एकता कायमै राख्ने प्रचण्ड–नेपाल पक्षको उपाय !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ ।

आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा प्रचण्ड–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आइरहेका छन् ।

Advertisement

काठमाडौंसहित देशैभर एकै दिन प्रदर्शन गरेको नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दाबी गरिएको छ ।

दुवै समूहका नेताहरूले एक अर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए ।

प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताए ।

काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ दाहालले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

अहिले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने उनले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए । सरकारले घोषणा गरेको वैशाखमा चुनाव नहुने भन्दै उनले ओलीको कदमले मुलुक धरापमा परेको बताए ।

सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुलना गर्दै दुवैले जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।

‘ओलीजी, तपाईं प्रधानमन्त्री भएर जनतालाई सुख कम दुःख बढी दिनुभयो,’ नेपालले भने, ‘प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्रबीच कुनै भिन्नतै छैन । दुवैले जनतालाई दुःख दिए । अब यो सरकार धेरै दिन रहँदैन ।’

अहिलेको समयमा नेपाली जनता दास बन्न र प्रतिगमनको पक्षमा नरहेको बताउँदै उनले प्रतिनिधिसभा जसरी भए पनि पुनस्र्थापना हुने बताए । ससंद् विघटन असंवैधानिक कदम भएको बताउँदै उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक प्रवृत्ति नभएको टिप्पणी गरेका छन् ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले ओलीमाथि आरोप लगाए ।

‘ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाउनुभयो । पार्टीका नीति बिर्सनुभयो । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्याँस ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ खनालले भने, ‘वास्तवमा उहाँले तीन वर्ष त गफै गरेर बिताउनुभयो ।’

नेकपालाई भर्‍याङ बनाएर ओली सत्तामा पुगेको बताउँदै उनले प्रधानमन्त्री भएकै दिनबाट पार्टी बिर्सिएको आरोप लगाए । पार्टी घोषणापत्रअनुसार सरकारले काम नगरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले गफै गरेर देश नचल्ने बताए । राजधानी दैनिकमा खबर छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top