×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

उखु किसानको छटपटी : भुक्तानीका लागि लड्दालड्दै गयो ज्यान

१५ पुष २०७७

काठमाडौँ, सर्लाही : दिनको आन्दोलनपछि सोमबार सरकार र उखु किसान संघर्ष समितिबीच चारबुँदे सहमति भएको थियो । सहमतिको चौथो बुँदामा छ– ‘उखु किसानले काठमाडौंमा हाल गरिरहेको धर्ना तत्काल स्थगन गर्ने ।’ पैसा नै नपाई आन्दोलन स्थगन गर्ने निर्णयले सर्लाहीका ६४ वर्षीय किसान नारायण राय यादवलाई छटपटी बढ्यो । बैंक र सहकारीको ऋण र त्यसको बढेको ब्याजका अंक सम्झँदा व्यवहार कसरी चलाउने भन्नेमा दुविधा भयो । जोरपाटीको कृष्णप्रणामी मन्दिर परिसर पुगे ।

दिनभर माइतीघरमा आन्दोलनपश्चात् मन्दिर परिसरबाटै सोमबार यादवले जनता समाजवादी पार्टीका नेता केदारनन्दन चौधरीलाई टेलिफोन गरे । उनले भनेका थिए, ‘आन्दोलनमा बसेको दुई हप्ता भयो तर पैसा पाएका छैनौं । यता २१ दिनभित्र भुक्तानी गराउने सम्झौता भयो, अब बैंकलाई के जवाफ दिने ?’ गंगालाल हृदयरोग अस्पताल परिसरमा भेटिएका नेता चौधरीले उक्त संवाद सुनाउँदै भने, ‘उहाँले काठमाडौंबाट खाली हात कसरी घर फर्किऊँ ? के गर्ने, के नगर्ने भयो भन्नुभयो । मैले सम्झाउँदै खाना खाएर आराम गर्न र मंगलबार संघर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर केही उपाय निकाल्नुपर्छ भनें ।’

Advertisement
Advertisement

गत वर्ष सरकारबाटै ठगिएका यादव सोमबारको चारबुँदे सहमतिबाट भुक्तानी पाउनेमा आश्वस्त थिएनन् । उनको मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको छ । ‘उनले खाली हात घर कसरी जाने, बैंकलाई के जवाफ दिने बारम्बार भन्दै आएका थिए,’ चौधरीले कान्तिपुरसँग भने, ‘मंगलबार बिहान अचानक फोन आयो ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । अहिले यो दुःखद् घटना भयो ।’

माइतीघरमा सँगै आन्दोलनमा रहेका अर्का किसान पन्नीलाल यादवका अनुसार सोमबार दिउँसोसम्म नारायणको अवस्था ठिकै थियो । उनीहरूले बेलुकाको खाना धर्मशालामा सँगै खाएका थिए । ‘भात खाएपछि सँगै बसौं भन्दा मान्नुभएन । कपडाहरू मन्दिरमा भएकाले जोरपाटी नै जान्छु भन्नुभयो,’ गंगालाल अस्पतालमा भेटिएका पन्नीलालले भने, ‘धेरै तनावकै कारण यस्तो अवस्था भयो ।’

उनीहरूका अनुसार आफूलाई अप्ठ्यारो महसुस भएको भन्दै नारायणले बिहानको ५:४५ बजे बच्चु राय यादवलाई फोन गरेका थिए । ‘बाथरुम जान लागेको लडें । पसिना धेरै आयो, तपाईं छिटै आउनु । छाती दुख्यो, अस्पताल लिएर जानु भन्दै फोन गर्नुभयो,’ बच्चु रायले सुनाए, ‘ट्याक्सी खोजेर तत्काल चाबहिलको हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गर्‍यौं ।’ हेल्पिङका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालालमा रेफर गरेका थिए । त्यहाँ सिटिस्क्यान गरिए पनि अन्य उपचार भने हुन सकेन ।

‘तनाव धेरै भएकै कारण यस्तो भयो । राम्रो उपचार गर्न नपाउँदै बित्नुभयो,’ मृतक नारायणका नातेदार महेन्द्र यादवले भने । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार शव मंगलबार नै सर्लाही लगिएको छ । ‘नारायणले करिब १५ बिघामा उखु खेती गर्दै आएका थिए । तीन वर्षयता उखुको पैसा पाएका थिएनन्,’ उनले भने, ‘उद्योगीहरूले समयमै भुक्तानी नदिँदा यस्तो अवस्था भोग्नुपर्‍यो ।’ मृतक नारायणका तीन छोराबुहारीसहित १९ जनाको परिवार छ । उखु खेती गर्ने अधिकांश किसानले बैंकबाट ऋण लिएका छन् । समयमै तिर्न नसक्दा ब्याज पनि बढ्दै गएको उनीहरूको दुखेसो छ । मृतक नारायणले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ पाउनुपर्ने थियो । उखुको पैसा माग्दै उनी पनि माइतीघरमा आन्दोलनमा थिए । चार दिनअघि अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ पाएका उनको ब्याजसहित बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको नातेदार महिन्द्र राय यादवले बताए ।

उखु किसानहरू माइतीघरमा मंसिर २८ देखि आन्दोलनमा थिए । चार/पाँच वर्षदेखिको भुक्तानी करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता उखु किसान निरन्तर आन्दोलित छन् । २०७६ पुस १८ मा उद्योग मन्त्रालयमा कृषक र चिनी मिल उद्योगीबीच भएको सम्झौतामा माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो । तर, उद्योगहरूले भुक्तानी दिएका थिएनन् । गत कात्तिक २३ मा किसानहरूले उद्योगमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाउनुका साथै भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर भुक्तानीमा पहल गरिदिन आग्रह गरेका थिए । आश्वासन कार्यान्वयन नभएपछि किसान आन्दोलनमा उत्रिएका हुन् ।

यसबीचमा केही उद्योगीहरूले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनी सुगर मिलले पूरा भुक्तानी गरेनन् । चिनी मिलहरूले अझै ९० करोड भुक्तानी गर्न बाँकी रहेको किसानले बताउँदै आएका छन् । उद्योगीले भने मन्त्रालयमा करिब ६५ करोड बाँकी रहेको जनाएका छन् । उपत्यकामा दोस्रो पटक किसान आन्दोलनमा उत्रिएपछि श्रीराम सुगर मिलले करिब २५ करोड ३० लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको दाबी गरेको छ । अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि दैनिक करिब एक करोडका दरले भुक्तानी गरिरहेको जनाएको छ । लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको जनाएको छ । किसानलाई भुक्तानी नगर्ने उद्योगीलाई सरकारले पटकपटक कारबाही गर्ने दाबी गरे पनि कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

‘काठमाडौंमा आएर दोस्रो पटक आन्दोलन गरेका छौं । जिल्लामा पनि ५/६ पटक आन्दोलन भयो, अहिले रकम लिएरै तराई फर्किने अठोटमा थियौं,’ संघर्ष समितिका महासचिव गोपाल यादवले भने, ‘अहिले देशको परिस्थिति अर्कोतर्फ मोडियो । आन्दोलन गरिरहनुभन्दा वार्ताबाट सहमतिमा जानैपर्ने भयो ।’ चिनी उद्योगीको सेयर रोक्का, जग्गा लालपुर्जा रोक्का र २१ दिनभित्र भुक्तानी नगरे कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएपछि सहमति गरेको उनले दाबी गरे ।

उनका अनुसार उखु किसान नारायणको निधन भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह र कृषि मन्त्रालयका पदाधिकारी पनि गंगालाल अस्पताल पुगेका थिए । किरिया खर्चका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँ दिएका छन् । धनकौल गाउँपालिका–७ छटौलका नारायण राय यादवको बैंकको ऋण तिर्ने सपना पूरा हुन सकेन । उखुको भुक्तानीका लागि आन्दोलन गर्न जानेबारे तीन साताअघि गाउँमा छलफल भएको थियो । उक्त छलफलमा आन्दोलनका लागि जान सबैभन्दा अघि सर्नेमा नारायण थिए ।

Advertisement

नारायणको आम्दानीको मुख्य स्रोत खेती नै थियो । चार वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखु बेचेको २४ लाखभन्दा बढी रकम उनको बाँकी छ । खेतीमा बर्सेनि परेको लगानीले बढेको ऋण र परिवारको खर्चको तालमेल मिलाउन नसक्दा उनी तनावमा थिए । उनले गाउँकै एक सहकारीबाट ६ लाख, मलंगवास्थित दसहारा सहकारीबाट ७ लाख र सहारा विकास बैंकबाट ५ लाख ऋण लिएका थिए । ब्याज थपिँदै ऋण बढ्दा उनी निकै चिन्तामा देखिन्थे । खेतीमा उनलाई तीन छोराले सहयोग गरे पनि लगानी नउठ्ने अवस्था नहुँदा उनी बैंकको सहारामा पुगेका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top