कमला ह्यारिसले लगाइन् मोर्डनाले बनाएको कोरोना विरूद्धको खोप

१५ पुस, एजेन्सी ।
अमेरिकाकी नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना विरूद्धको खोप लगाएकी छन्।

Advertisement

मंगलबार उनले कोरोना विरूद्ध लगाएको खोपलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। अमेरिकामा कोरोना खोपलाई लिएर आमअमेरिकी नागरिकमा रहेको संशयलाई चिर्न त्यहाँका राजनीतिज्ञहरूले प्रत्यक्ष खोप लगाउने गरेका छन्।

ह्यारिसले मोर्डनाले बनाएको खोप लगाएकी हुन्। खोप लगाइसकेपछि कमलाले आफूलाई कतिखेर खोप लगाइसकियो भन्ने थाहा नै नभएको प्रतिक्रिया दिएकी थिइन्।

Advertisement

म सबैलाई यो खोप लिन भन्छु। यो लगभग दुखाइबिनाको छ। यो सुरक्षित छ, मलाई वैज्ञानिकहरूमाथि भरोसा छ, उनले भनिन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top