Nepal Times
Nepal Times
3
Shares

‘मिस युनभिर्स नेपाल २०२०’ को उपाधि अन्सिका शर्मालाई

‘मिस युनभिर्स नेपाल २०२०’ को उपाधि अन्सिका शर्मालाई

१६ पुस, काठमाडौँ ।

यो वर्षको ‘मिस युनभिर्स नेपाल २०२०’ को ताज अन्सिका शर्माले पहिरिएकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो । यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो । गत फागुनमा नै मिस युनिभर्सले हिडन ट्रेजरसँग सहकार्य नगर्ने जनाएको थियो ।

मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् । यससँगै मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट अन्सिका शर्माले आधिकारीक सहभागिता जनाउने छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.