बेलायत युरोपेली संघको व्यापार नीतिबाट पनि अलग

१६ पुस ७७, बिहीबार

१६ पुस, लन्डन ।

Advertisement

युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि बेलायत आजैदेखि युरोपेली संघको व्यापार नीतिबाट पनि अलग भएको छ ।

ब्रेकजिटपछिको व्यापारका विषयमा बेलायत र युरोपेली संघ बीच सम्झौता भएपछि आजैबाट कार्यान्वयमा आउन लागेको हो । गत हप्ता बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्सुला बीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै आजदेखि कानुनका रुपमा लागू भएको हो ।

Advertisement

क्रिसमसको पूर्वसन्ध्यामा दुई पक्ष बीच सहमति भएपछि संसदले बुधबार छोटो प्रक्रियामा सम्झौताको समर्थन गरेको हो । यो सम्झौतासँगै बेलायत युरोपेली संघको एकल बजारबाट बाहिरिएको छ । आगामी दिनमा बेलायत र युरोपेली संघका दुई छुट्टाछुट्टै बजार हुनेछन् र एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top