×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

समृद्धि हुँदै समाजवादको यात्रा ः प्रधानमन्त्री

१६ जेष्ठ २०७५

काठमाडौँ, १६ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् ।

विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका हुन् ।

Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताए ।

उनले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।”

विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले माक्र्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसाैँ शताब्दीमा पनि माक्र्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top