बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता

काठमाडौँ, जेठ १६
बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक काठमाडौँमा शुरु भएको छ ।

सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पु¥याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ ।

नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको कार्यान्वयन एवं प्रगतिबारे विचारविमर्श हुनेछ ।

बिहीबार समापन हुने उक्त बैठकमा विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली धागो बंगलादेशका बजारमा पु¥याउने र नेपाली विद्यार्थीले झेल्नुपरेका प्रवेशाज्ञासम्बन्धी समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले बताए ।

नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकतोक चटगाउँ र मोंगाल बन्दरगाहसम्म जान दिनुपर्ने, व्यापार, पारवहन र दुवै देशलाई हवाई एवं सतहमार्गबाट जोड्दै तीमार्फत निरन्तर सम्पर्क, सम्बन्ध विस्तारलाई पनि आफूहरुले छलफलको अर्को मुख्य विषयवस्तु बनाएको नेपाली प्रतिनिधिमण्डलका सदस्यसमेत रहेका उनले जनाकारी दिए ।

बैठकको १८ बुँदे कार्यसूचीअनुसार दुवै देशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित÷विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, ढाका–काठमाडौँ बससेवा सञ्चालन तथा नियमनसम्बन्धी व्यवस्था पुनरवलोकन, व्यापार विस्तारका निम्ति प्रशासनिक एवं अन्य प्रक्रियाको सरलीकरण, ट्रक र रेलबाट सम्पर्क विस्तार गर्ने र सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नति, बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय पारवहन सम्झौतामा दुवै देशका अधिकारीले छलफल गर्नेछन् ।

त्यसैगरी, दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोध र स्यानीटरी एण्ड फ्याटोस्यानीटरीबीचको सम्मिलन, स्थल र हवाईमार्गबाट बंगलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नेसम्बन्धी द्विपक्षीय प्रावधान कार्यसूचीमा समावेश गरिएको छ ।

जलविद्युत् उत्पादनका क्षेत्रमा द्विपक्षीय साझेदारी गर्न नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने मितिसमेत बैठकबाट निर्धारण हुनसक्ने बताइएको छ ।

विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र उक्त समझदारीपत्रले निर्धारण गरेको प्रारुपअनुसार हुनेछ । उक्त समझदारीपत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुमोदन गरिसकेको छ ।

नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग बंगालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवद्र्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)बारे पनि बैठकमा ठोस छलफल हुनेछ ।

त्यस अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता घिमिरेले ‘समृद्ध नेपाल सुखी नेपाली’ प्रधानमन्त्रीको भन्ने दृष्टिकोणलाई साकार पार्न नेपाल आर्थिक उन्नतिको बाटोमा अग्रसर भएको बताउँदै नेपालमा बंगलादेशी लगानी विस्तार हुने विश्वास व्यक्त गरे ।

उनले चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित बंगलादेशको बजारमा उपलब्ध गराउन आग्रह गरे ।

नेपालले एक करोड अमेरिकी डलरबराबरका उत्पादन बंगलादेश निर्यात गर्दै आएको छ भने उताबाट चार करोड डलरका सामान आयात गर्दै आएको छ ।

बाइस सदस्यीय नेपाली र त्यसको ठ्याक्कै आधा बंगलादेशी अधिकारी सम्मिलित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय व्यवस्था, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सहभागी छन् ।

त्यसैगरी अध्यागमन विभाग, औषधि व्यवस्था विभाग, कृषि विभाग, उद्योग विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागका महानिर्देशक ढाकास्थित नेपाली दूतावासका ‘मिनिष्टर काउन्सेलर’ व्यापार तथा लगानी प्रवद्र्धन केन्द्र, नेपाल इन्टर मोडेल, यातायात विकास बोर्ड, नेपाल पारवहन तथा गोदाम कम्पनी, साल्टट्रेडिङ लिमिटेडका उच्च अधिकारी सहभागी छन् ।

रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top