औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

१५ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ १६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

Advertisement

नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गरे ।

सो अवसरमा कतारी राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेकाले द्विपक्षीय लगानीका सम्झौता गरेर अगाडि बढ्न अनुरोध गरेका थिए । उनले कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाले नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन आग्रह गरे। नेपालले कतारमा चिया, कफी एवं हाते कागज निर्यात गर्दै आइरहेको जनाइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top