×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

१६ जेष्ठ २०७५

मंगलबारे, इलाम, जेठ १६
सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ ।

यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए ।

Advertisement
Advertisement

“धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ,” उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । मौसमले साथ दिएमा परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए। जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । तारा एयरका पाइलट विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।

“गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने योजना थियो, निर्माण नसकिएका कारण ढिला भएको हो,” उनले भने ।

निर्माण व्यवसायी मोहन गुरुङ विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताउँछन् । धावन मार्गका लागि करीब रु एक करोडमा काष्ठमाण्डप निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । विमानस्थलको धावन मार्ग ७०० मिटर लामो र ६० मिटर चौडा छ । रु नौ करोडमा ढल व्यवस्थापनको काम भइरहेको छ ।

Advertisement
Advertisement

सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका बासिन्दालाई सजह हुनेछ । हालसम्म धावन मार्ग निर्माण गर्न रु आठ करोड तथा ढल निकासका लागि रु नौ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए । निर्माण सम्पन्न गर्न करीब रु ३५ करोड आवश्यक छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top