बर्दियामा गुडिरहेको मोटरसाइकलबाट बाघले झम्टेर लगेकी महिला मृत फेला

१८ पुस, बर्दिया।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति पाटे बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।  गुडिरहेको मोटरसाइकलबाट पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको हो ।

गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिकबाट सु. प. प. ०१ ०० ८ प ६८ ०१ नम्बरको मोटरसाइकलमा सवार कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया नन्दकली थापालाई पाटे बाघले झम्टेर लगेको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाटे बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर पर कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । मोटरसाइकलमा कैलाली लम्किचुहा नगरपालिका ४ का सन्तोष थापा र आमा नन्दकली थापा सवार थिए । गए राति करिब साढे ८ बजेतिर ५० वर्षकी नन्दकला थपालाई पाटे बाघले मोटसाइकलबाटै झम्टेर लगेको थियो ।

महिलामाथि आक्रमण गर्ने बाघलाई क्यामरा ट्यापिङ प्रविधिको सहयोगमा पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्ज प्रशानले जनाएको छ । महिलाको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गुलरिया लगिएको निकुञ्जले जनाएको छ ।

शनिबारदेखि यो क्षेत्रमा दिउँसोमा मोटरसाइकलमा यात्रा गर्नेलाई समूहमा जान निकुञ्जले निर्देशन दिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । साँझ ८ बजेपछि बिहान नहुञ्जेलसम्म भने मोटरसाइकलबाट यात्रा गर्न निषेध गरिएको निकुञ्जले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि कर्णाली चिसापानी क्षेत्रमा वन्यजन्तुको बढी आवतजावत हुने गरेको र रातीकाे समयमा मोटरसाइकलमा यात्रा गर्दा वन्यजन्तुबाट जोखिम बढी हुने भएकाले यात्रुहरुको सुरक्षाका लागि मोटरसाइकलमा यात्रा गर्न निषेध गरिएको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top