कुपोषणको चरम अवस्थामा यमनी बालबालिका

१८ पुस, काठमाडौं।

“मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउनेछु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् ।

मुराद अहिले केबल १२ वर्षका छन् तर उनको शरीरको तौल १३ केजी छ । उनी यति कमजोर छन् कि कसैको सहारा बेगर एक्लै उभिन पनि सक्दैनन् । उनी बोल्न पनि राम्ररी सक्दैनन् ।

“मेरो छोरोको शरीरमा हाड, छाला बाहेक केही छैन । मुराद एक सेकेन्ड पनि उभिन सक्दैन । उसको हालत देखेर जोसुकैका आँखा रसाउँछन्,” मुरादका बाबु मोहम्मद अकाप भन्छन् । सानामा ट्याक्सी ड्राइभर रहेका ६१ वर्षीय अकाप छोराको दयनीय अवस्थाबाट चिन्तित छन् ।

केही वर्षदेखि अकापले छोरा मुरादको उपचारका लागि धेरै वटा अस्पताल र क्लिनिक पु–याइसके तर मुरादको अवस्थामा सुधार आएको छैन । उनी दिनप्रतिदिन अझ ख्याउटे हुँदै गल्दै गएका देखिन्छन् । “मेरो छोरा सानो हुँदा ठिकै थियो, तर छ वर्षयता दिनदिनै उसको अवस्था बिग्रन थाल्यो । त्यही भएर उपचारका लागि धेरै अस्पताल र क्लिनिकमा पुगिसकें । तर कसैले पनि उसको रोग पत्ता लगाउन सकेका छैनन् । ऊ निकै बिरामी छ । केही खाना खुवाउने बित्तिकै वान्ता गरिहाल्छ ।”

आइतबार, अकापलले मुरादलाई सानास्थित अल–साबीन अस्पतालमा ल्याइपु–याएका थिए । यो अस्पताल कुपोषित बालबालिकाको उपचारका लागि निकै नाम चलेको अस्पताल हो । आखिरमा उनले सही अस्पतालमा छोरालाई ल्याएका थिए ।

अकाप र उनको परिवार युद्धग्रस्त उत्तरी हज्जाह प्रान्तबाट केही वर्ष पहिले पलायन भएको थियो । उनीहरु कामको खोजीमा राजधानी साना आइपुगेका हुन् । सात जनाको परिवार पाल्ने अहिले अकापको एउटा ट्याक्सी छ ।

“हामीहरु हज्जाहको एउटा दुर्गम इलाका अफलाह अल–शामबाट यहाँ आएका हौं । युद्धका दिनहरुमा जताततै बम बर्सिन थालेपछि ज्यान जोगाउन हामी यहाँ आएका हौं ।” अकाप भन्छन् । उनको विचारमा जारी युद्ध नै छोराको यो हालत बनाउन र आफूहरुको दुःखका लागि मुख्य रुपमा जिम्मेवार छ ।

संयुक्त राष्ट्रसंघको अनुमानमा अरब राष्ट्र यमनमा पछिल्लो पटक जारी गृहयुद्धका कारण २ लाख ३३ हजारको मृत्यु भइसकेको छ । अरबकै सबैभन्दा निर्धन राष्ट्र यमनमा ४० लाख मानिस बिस्थापित भएका छन् । भोक, रोग, सुख्खा र युद्धका कारण चरम मानवीय संकट झेलिरहेको यमनको कुल जनसंख्या करिब २ करोड ८० लाखमध्ये झण्डै ८० प्रतिशतलाई मानवीय सहायता जरुरी भएको राष्ट्रसंघको भनाई छ ।

अल–सबिन अस्पतालको बेडमा भेटिएका मुरादमा बाँच्ने आशा अझै जीवित रहेको छ । उनी भन्छन्, “म चाँडै निको भएर स्कुल जान चाहन्छु ।” तर अस्पतालका चिकित्सकहरु मुरादजस्ता अति गम्भीर कुपोषित बालबालिकालाई बचाउन निकै कठिन रहेको बताउँछन् । औषधि र मेडिकल सामानको अभावका कारण बालबालिकालाई जोगाउन अझ समस्या भइरहेको उनीहरुको भनाइ छ ।

गरिबीमा पिल्सिएको यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यहाँका हुथी विद्रोहीले देशको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा राखेका छन् भने राजधानी साना समेत सबैजसो उत्तरी इलाका कब्जामा लिएका छन् ।

संयुक्त राष्ट्रसंघले यमनको मानवीय संकटलाई यस पृथ्वीकै सबैभन्दा खराब भनी व्याख्या गर्ने गरेको छ । यहाँ भोकमरी, अति कुपोषण, महामारी र आर्थिक नाकाबन्दी छ भने यमनका हजारौं बालबालिका द्वन्द्वको चरम शिकार भएका छन् ।

राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० ले सन् २०२० को जुनमा सार्वजनिक गरेको प्रतिबेदनमा सन् २०२० को अन्त्यसम्ममा २४ लाखको हाराहारीका बालबालिका कुपोषणबाट ग्रस्त हुने उल्लेख छ । यो संख्या पाँच वर्षमुनिका कूल बालबालिकाको झण्डै आधा हो ।

गृहयुद्ध र कोरोनाभाइरसको पीडाबाट गुज्रिरहेको यमनमा यी दुबै संकट चाँडै समाधान हुने सम्भावना अझै देखिएको छैन । मानवीय सहायतका कार्यमा सेवारत सेभ दी चिल्ड्रेनले पनि सन् २०२१ मा २० हजारभन्दा बढी बालबालिका भोकमरीको चपेटामा पर्ने विवरण सार्वजनिक गरेको छ । सन् २०२१ मा १ करोड ६२ लाख व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने बताउँदै सेभ दी चिल्ड्रेनले तीमध्ये करिब २१ हजार बालबालिकाले भोकमरीसँग जुध्नु पर्ने जनाएको छ ।

विश्व भोकमरी सूचक (ग्लोबल हङ्गर इन्डेक्स)मा यमन विश्वमै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने अफ्रिकाको द्वन्द्वग्रस्त मुलुक अध्य अफ्रिकी गणतन्त्र रहेको छ ।

इन्डिपेन्डेन्ट अखबारका लागि लेखेको स्तम्भमा एडम केलविक भन्छन्, “यमनको जुनसुकै ठाउँमा पुगे पनि, जुनसुकै परिवारसँग कुरा गरे पनि उनीहरुको चासो मास्कको हुँदैन, वा सामाजिक दूरीको छैन वा हातधुने कुराको पनि छैन । उनीहरुको मुख्य सरोकार हुन्छः मलाई खाद्यान्न चाहिएको छ वा मेरा छोराछोरी खान नपाएर मर्ने अवस्थामा पुगिसके ।”

उनी सहायताकर्मीका रुपमा यमन हरेक वर्ष पुग्छन् । तर यसपटक उनलाई यमनमा रहेको चरम खाद्य संकट र बालबालिकाको दुरुह अवस्थाले निकै नै चिन्तित बनाएको छ । उनी भन्छन्, “यस वर्ष विगतको भन्दा बढी संकट देखियो । ठूला मानिसहरु नै संकटमा परेको बेला बालबालिकाको अवस्था त छन् कल्पना बाहिरकै कुरा हो ।”

जातीय रुपमा विभाजित यमनमा जारी गृहयुद्ध रोक्न यथेष्ट प्रयास नभए त्यसले अझ गम्भीर संकट निम्त्याउने निश्चित रहेको अन्तर्राष्ट्रिय मानवीय सहायता निकायहरुले निरन्तर आवाज उठाइरहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top