१५ असोज , काठमाण्डौ ।
सल्यानमा स्क्रब टाइफसबाट डेढ महिनाको अवधिमा ९ जनाको मृत्यु ।
दार्मा गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी ९ जनाको मृत्यु ।

मृत्यु हुनेमा छ पुरुष, दुई महिला र एक बालक ।
उनीहरूको उपचारका क्रममा दाङ र नेपालगन्जका विभिन्न अस्पतालमा निधन ।

गत साउन महिनामा सुरुमा दार्मा गाउँपालिकामा देखिएको स्क्रब टाइफस रोग अहिले जिल्लाभरि नै फैलिँदा संक्रमितको संख्या ६ सयनजिक ।
रोगबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि अहिले रोग नियन्त्रण महाशाखा, टेकुबाट अनुसन्धान टोली सल्यान आएर अनुसन्धानमा जुट्यो ।
ठाउँठाउँमा शिविर सञ्चालन गरेर बिरामीको पहिचान तथा उपचार गर्दै आए पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले पालिकासँग सहकार्य गरेर सचेतनामूलक र सरसफाइसम्बन्धी कार्यक्रमलाई तीव्र पारेको जानकारी ।



