तराई–मधेसमा जितिया व्रत सुरू

१६ असोज ८३, शुक्रबार
Share this
744shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत आज षष्टि तिथिदेखि विधिवत् सुरू ।

तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया एक हो ।

Advertisement

यो व्रत सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्य र सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रतका रुपमा चित्रित ।

यो व्रत परापूर्वकालदेखि तराई मधेसका महिलाले गर्दै आएका छन् भने यो व्रत थारू समुदायले पनि उत्तिकै महत्त्वका साथ गर्दै आइरहेका छन् ।

Advertisement

आज पोखरी वा तलाउमा गएर नुहाएर विधिवत् व्रतको प्रक्रिया सुरू गर्ने र शनिबार सप्तमा तिथिको दिन निराधार पानी पनि नखाई व्रत बस्ने चलन ।

यस व्रतलाई महिलाले आफूभित्र भएको क्षमता प्रस्तुत गर्ने अवसरका रुसमा लिदै आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु ।

सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी, बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ ।

छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले सुरु गरे पनि यो व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने, प्रसादी चढाउने परम्पराले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ ।

यस्ता पक्षलाई यो व्रतको एकदमै सकारात्मक रूपमा महिलाले लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top