इजरायलमा १० लाखभन्दा बढी मानिस कोरोना खोप कार्यक्रममा सहभागी

१९ पौष, काठमाडौं । इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ ।

यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् ।

यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

Advertisement

यसैबीच भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध झण्डै तीन करोड मानिसलाई निःशुल्क खोप दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले हिजो नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउने बताए ।

भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै १ लाख जनालाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतमा दुईवटा कोरोना खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top