दाउरा काट्न गएकालाई बँदेलले आक्रमण गर्दा चारजना गम्भीर घाइते

१९ पुस ७७, आइतबार

१९ पुस, दाङ ।
जंगली बँदेलको आक्रमणबाट दाङमा चारजना गम्भीर घाइते भएका छन् ।

Advertisement

शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिइन् ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहेका छन्। घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

Advertisement

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top