×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

कृषिमा ४८ अर्बको आयात हुँदा ४ अर्बको निर्यात, २ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको चिया निर्यात

२० पुष २०७७

काठमाडौँ : सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बालीको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन्भन्दा झन् बढ्दो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको पहिलो चौमासिक प्रगति विवरणअनुसार ४८ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । मुख्य बाली चामल, मकै, गहुँ, हरियो तरकारीलगायतको आयात उच्च छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा धान उत्पादन ७० हजार ८ सय ३२ टन वृद्धि भएको दाबी गरिरहँदा चामल आयात भने उल्लेख्य बढेको छ ।

Advertisement
Advertisement

पहिलो चौमासिकसम्म १३ अर्ब ५८ करोड २४ लाख रुपैयाँ बराबरको ३ लाख ४६ हजार १ सय ६१ टन चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ३० करोड ५६ लाख रुपैयाँ बराबरको १ लाख ४२ हजार ९ सय ७४ टन चामल आयात भएको थियो । चामल मुख्यतः भारतबाट आउँछ ।

मकै आयात पनि उल्लेख्य बढेको छ । पहिलो चौमासिक विवरणअनुसार चार महिनामै ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँको मकै आएको छ । अघिल्लो आर्थिक वर्षर्को सोही अवधिमा ३ अर्ब ८१ करोड ७३ लाख रुपैयाँको आयात भएको थियो । मकै मुख्यतः दानाका लागि आयात भइरहेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । ‘मासिक १ लाख टनका दरले आयात भइरहेको छ । तेस्रो मुलुककबाट आयातित मकै कुखुराको दानाका रूपमा प्रयोग गरिन्छ,’ उनले भने ।

गहुँ आयात पनि ५ अर्ब ३७ करोड २७ लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्षको चौमासिकमा २२ करोड ७९ लाख रुपैयाँको आयात भएको गहुँ अहिले ५ अर्ब ६० करोड ६ लाख रुपैयाँको आएको मन्त्रालयको विवरण छ ।

खेती गर्न किसान लक्षित कार्यक्रम नहुँदा यस्तो समस्या भएको कृषिविज्ञ कृष्ण पौडेल बताउँछन् । किसानका नाममा विभिन्न कार्यक्रम आए पनि बिचौलियकै रजाइँ भएको उनको आरोप छ । ‘कृषि सपार्न यसको प्रविधि चाहिन्छ, सेवा सामग्री चाहिन्छ, नभए कसरी उत्पादन बढ्छ ?’ उनले भने, ‘तर विडम्बना अनुदानका कार्यक्रम बिचौलियाका लागि भएका छन् । बिचौलियालाई कमिसनको भरमा अनुदान दिने गरिन्छ ।’ चौमासिक विवरणअनुसार हरियो तरकार आयात पनि ४ करोड ७८ लाख रुपैयाँले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड १४ लाख रुपैयाँको आयात भएको हरियो तरकारी अहिले १० करोड ९३ लाख रुपैयाँको आएको छ । भटमासको तेल (कच्चा) पदार्थको आयात पनि उल्लेख्य बढेको छ । ४ महिनामा ११ अर्ब ६ करोड ५४ लाख रुपैयाँको आयात भएको छ । भटमासको कच्चा तेल तेस्रौ मुलुकबाट ल्याइन्छ । आयातित भटमास तेल रिफाइन भएर पुनः भारत निर्यात गरिन्छ । भारत निर्यात भएकै कारण स्थानीय बजारमा तेल अभाव भइरहेको खुद्रा व्यवसायी बताउँछन् ।

सनसफ्लावर तेलको कच्चा पदार्थ आयात पनि दोब्बर छ । विवरणअनुसार पहिलो चौमासिकमा ४ अर्ब २९ करोड २८ लाख रुपैयाँको आयात भएको छ । कृिष उपजको उत्पादन बढाउन सकिने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रेग्मीको दाबी छ । ‘त्यसका लागि सिँचाइ सुविधा र मलबीउको मात्रा बढाउनुपर्छ । सिञ्चित क्षेत्र विकास कार्यक्रम छन् । तिनले पनि उत्पादनमा सघाइरहेका छन्,’ उनले भने ।

Advertisement
Advertisement

फलफूलको आयात पनि बढ्दो क्रममा छ । मन्त्रालयका अनुसार पहिलो चौमासिकमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । ६९ करोड ७४ लाख रुपैयाँको सुन्ताला/कागती र २५ करोड ८९ लाख रुपैयाँको केरा आएको छ ।निर्यातमा भने सबैभन्दा अगाडि चिया छ । यो २ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । दोस्रो नम्बरमा अलैंची छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top