पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा भोली सुनुवाइ हुँदै

२० पुस, बीबीसी ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा एक हिन्दू सन्तको समाधि भत्काइएपछि देशको सर्वोच्च अदालतले उक्त मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको छ।

सुनुवाइ ज्यानुअरी ५ मङ्गलवारका दिन हुनेछ। गत साता पाकिस्तानको सर्वोच्च अदालतले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तान हिन्दू परिषद्का प्रमुख संरक्षक रमेश कुमार वाकवानीले यो मुद्दाका बारेमा प्रधानन्यायाधीश गुलजार अहमदसँग कुराकानी गरेको जनाएको थियो।

पाकिस्तानका प्रधानन्यायाधीश यो मामिलालाई लिएर चिन्तित हुनुहुन्छ र उहाँले संसद्लाई यो विषयलाई स्वतः जानकारीमा लिइएको छ र यस विषयमा इस्लामाबादमा ज्यानुअरी ५, २०२१ मा सुनुवाइ गरिने जानकारी दिनुभएको छ, विज्ञप्तिमा भनेका छन्।

Advertisement

हिन्दूहरूको आक्रोश

सर्वोच्च अदालतले अल्पसङ्ख्यकहरूका लागि गठित एउटा आयोग, प्रान्तका मुख्यसचिव र प्रहरी प्रमुखलाई घटनाका बारेमा सोमवारभित्र विवरण उपलब्ध गराउन भनेको छ।

Advertisement

पाकिस्तानको हिन्दू परिषद्ले उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै गत साता सर्वोच्च अदालतबाहिर प्रदर्शन गरेको थियो। डा. रमेशकुमार वाकवानी भन्छन्, उक्त मन्दिरको जीर्णोद्धार सन् २०१४ मा पाकिस्तानको सर्वोच्च अदालतले फैसला सुनाएपछि गरिएको थियो।

त्यस बेला पनि मौलाना शरिफको नेतृत्वमा मानिसहरू उक्त मुद्दालाई हल गर्न गम्भीर थिएनन् तर उनीहरू सर्वोच्च अदालतको आदेश मान्न बाध्य भएका थिए।

उनले डिसेम्बर २७ तारिखको दिन केही चरमपन्थीहरूले हमलाको योजना बनाएको उल्लेख गर्दै विगतमा पनि मन्दिर बनाउन नचाहेको प्रान्तको सरकार स्थिति नियन्त्रणमा लिन विफल भएको आरोप लगाए।

पाकिस्तानमा पहिलेदेखि धार्मिक स्वतन्त्रता र अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्न चुनौती रहेको भन्दै उनले यस्ता खालका अतिवादी गतिविधि रोक्न माग गरेका छन्।

घटना के हो ?

मङ्गलवार खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा हिन्दू सन्त श्री परमहंस जी महाराजको समाधिमा मानिसहरूको एउटा भिडले भत्काइदिएको थियो।

प्रहरीका अनुसार स्थानीय टेरी गाउँका मानिसहरू एक स्थानीय हिन्दू नेताले समाधिनजिकै घर बनाइरहेकोमा आक्रोशित भएका थिए। उक्त इलाकामा हिन्दू बस्ती छैन।

आक्रोशित स्थानीय बासिन्दाहरूले उक्त निर्माणस्थल समाधिकै हिस्सा भएको धारणा राख्दै आएका छन्। प्रहरीलाई सम्भावित विरोधबारे जानकारी गराइएको थियो र त्यहाँ सुरक्षाको व्यवस्था पनि मिलाइएको थियो।

करक जिल्लाका प्रहरी अधिकारी इरफानुल्लाह मारवात भन्छन्, हामीलाई विरोध प्रदर्शनको जानकारी थियो तर हामीलाई यो शान्तिपूर्ण हुने बताइएको थियो। तर एक मौलवीले भड्काउने खालको भाषण दिएर अवस्थालाई बिगारिदिए। भिड एकदमै ठूलो भएकाले स्थिति नियन्त्रण बाहिर गयो।

समाधिस्थलमा भएको तोडफोडमा सम्बन्ध भएको भन्दै एक दर्जन भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। धार्मिक मामिलासम्बन्धी सङ्घीय मन्त्री पिर नोरूल्ला कादरीले उक्त आक्रमण अस्वीकार्य रहेको र इस्लामको वास्तविक मूल्य मान्यताको विपरीत रहेको बताएका छन्।

हिन्दू सन्त परमहंस जी महाराजको समाधिलाई लिएर भएको विवाद पाकिस्तानका लागि नौलो होइन। उक्त क्षेत्रका मानिसहरू सुरुदेखि नै समाधिस्थलको विरोधमा छन्। सन् १९९७ मा पहिलो पटक समाधिस्थलमा आक्रमण गरिएको थियो।

तर पछि सर्वोच्च अदालतले उक्त संरचनाको पुनर्निर्माणका लागि सरकारलाई आदेश दिएको थियो। झन्डै ९७ प्रतिशत जनसङ्ख्या मुसलमान रहेको पाकिस्तानमा हिन्दूहरूको जनसङ्ख्या करिब दुई प्रतिशत रहेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top