×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम उल्टाउन भनेको कल रेकर्ड सार्वजनिक

२० पुष २०७७

२० पुस, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत खोज्न भनेको कल रेकर्ड सार्वजनिक भएको छ।

वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, म मात्र ११,७८० भोट खोज्न चाहन्छु।

Advertisement

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन्। बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्।

नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन्।

त्यसका लागि केहीले पुनः मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो। हालसम्म अमेरिकी अदालतहरूले बाइडनको जितलाई चुनौती दिने ६० वटा मुद्दाहरूलाई अस्वीकार गरिसकेका छन्।

अमेरिकी कङ्ग्रेसले भने ज्यानुअरी ६ मा चुनावी नतिजालाई प्रमाणित गर्न बाँकी नै छ। डेमोक्र्याटिक उम्मेदवार बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन्।

राज्यका दुईजना सिनेटरहरू छान्नका लागि जोर्जियाका मतदाताहरूले मङ्गलवार मतदान गर्दैछन्। उक्त नतिजाले सिनेटमा शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने यकिन गर्नेछ।

यदि दुवै डेमोक्र्याटिक उम्मेदवारले जितेमा त्यहाँ रिपब्लिकन र डेमोक्र्याटहरूको सदस्य संङ्ख्या बराबर हुनेछ र डेमोक्र्याटिक उप–राष्ट्रपति उम्मेदवार कमला ह्यारिससँग निर्णायक मत रहनेछ।

डेमोक्र्याटहरूले पहिले नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा वर्चस्व कायम गरिसकेका छन्।

फोन कलमा के कुरा भयो ?

वाशिङ्टन पोस्टद्वारा सार्वजनिक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ।

उनले जोर्जियामा चुनाव जितेकोमा जोड दिएका थिए र रफेन्सपोगरलाई भनेका थिए, तपाईँले पुनः गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन। रफेन्सपोगरले प्रतिउत्तर दिँदै भनेका थिए, तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ।

उक्त कलमा पछि ट्रम्पले फुल्टोन काउन्टीमा मतपत्र च्यातिएको र त्यहाँबाट चुनावी मेसिनरी हटाइएको हल्ला चलेको बताएका थिए। त्यसलाई त्यहाँको जिम्मेवारी पाएका रफेन्सगोपरका वकिलले त्यस्तो नभएको बताएका थिए।

त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको धम्की दिएका थिए। उनले भनेका थिए, तपाईँलाई थाहा छ उनीहरूले के गरे भन्ने र तपाईँले त्यसलाई रिपोर्टिङ गरिरहनु भएको छैन। त्यो आपराधिक कार्य हो।

तपाईँ त्यस्तो हुन दिन सक्नुहुन्न। त्यो तपाईँ र तपाईँको वकिल रायनका लागि ठूलो खतरा हो। त्यसपछि उनले अतिरिक्त ११,७८० मतका लागि भने, त्यसले उनलाई उक्त राज्यमा कुल २४ लाख ७३ हजार ६ सय ३४ मत प्राप्त हुनेछ।

त्यो भनेको बाइडनको भन्दा एक भोट बढी मत हुनेछ, त्यहाँ बाइडनले २४,७३,६३३ मत पाएका छन्। उनले रफेन्सगोपरलाई उक्त राज्यको नतिजालाई पुनः परीक्षण गर्नुपर्ने बताए।

ह्वाइट हाउसले हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन।(बीबीसी)

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top