२० पौष, जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत बालीघाटमा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ ।
आइतबार राति राजमार्गमा ढुङ्गा खसेपछि यात्रुलाई आवतजावत गर्न समस्या भएको छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिए ।
माथिबाट खसेको ढुङ्गाले एक स्थानीयको घर भत्काएको असई थारुमगरले बताए । सडक अवरोधका कारण जुम्ला-सुर्खेत र सुर्खेत-जुम्ला आउनेरजाने ठूला तथा साना गाडीहरुको आवतजावत रोकिएको छ ।
आवश्यक मेसिनसहित जनशक्ति यस क्षेत्रमा पठाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिए ।
