सिङ्गटी-लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

२० पुस ७७, मंगलबार

काठमाडाैं: एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।

रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

ठेकेदार कम्पनीसँग सन् २०१० मा निर्माण सम्झौता भएको यो आयोजनामा स्थानीयवासीको अवरोध मात्र जिम्मेवार थिएन । निर्माण गर्ने ठेकेदारको ढिलासुस्तीका साथै सामान आयातमा समस्याले पनि टावर निर्माणमा अवरोध हुँदै आएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । अहिले झिँगाने र टेकनपुरमा रहेको स्थानीयवासीको अवरोध साम्य भएपछि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावर कम्पनीले बाँकी रहेका छवटा टावर निर्माणलाई तीव्रता दिएको छ ।

Advertisement

प्रसारण लाइन आयोजना प्रमुख राजन ढुङ्गेलका अनुसार माघ पहिलो साताबाट ती टावर तयार गरेर तार टाँग्ने काम हुनेछ । कुल ४० किलोमिटर लामो प्रसारण लाइनमा १२५ वटा टावर रहनेछन् । ‘डबल सर्किट’ यो प्रसारण लाइन सम्पन्न गर्न करिब ४५ करोड रुपियाँ लागत लाग्ने आयोजना प्रमुख ढुङ्गेलको भनाइ छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top