साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो

२० पुस ७७, मंगलबार

२१ पुस,एजेन्सी ।

साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ । यसका लागि सहमति जुटेको अर्को खाडी मुलुक कुवेतले जानकारी दिएकाे छ ।

साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि नाकाबन्दी लगाएको थियो । उसले कतारमाथि ब्यापार, यात्रा र कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो । कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ विरुद्धको नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि सानो तर सम्पन्न मुलुक कतार घेराबन्दीमा परेको थियो ।

Advertisement

लामो प्रयासपछि आपसी विवाद मत्थर गर्न साउदी तयार भएको हो । कुवेतका अधिकारीहरुका अनुसार साउदीले कतारसँगको जमिन र समुद्री नाका खुलाउने सहमति जनाएको छ । साउदी अरबीयामा आजबाट खाडी सहकार्य परिषदको सम्मेलन सुरु हुँदैछ । यसैको पूर्वसन्ध्यामा सहमतिको खुलासा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो सम्मेलनमा साउदीका राजा सलमान, कतारका अमीर तमिम बिन हमद अल थानीलगायतका नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नाकाबन्दी फुकुवाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कुवेत र अमेरिकी प्रशासनका केही अधिकारीहरु पनि सम्मेलनमा सहभागी हुनेछन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top