रामधुनीमा ८० लाखको लागतमा बधशाला निर्माण

१६ जेठ ७५, बिहीबार

इटहरी, १७ जेठ
सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ ।

रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाैँ वल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी कूल रु ८० लाखको लागतमा निर्माण सम्पन्न उक्त पशु बधशालाका उप–प्रमुख सविना चौधरीले उद्घाटन गरिन् ।

उनले जुन उद्देश्यले यसको निर्माण भएको हो त्यही उद्देश्य अनुरुपको स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउनुपर्ने बताइन् ।

Advertisement

सो बधशालामा पशुको बध गर्नुअघि बेहोस बनाउने मेशिन, ब्वाइल गर्ने मेशिन तथा मासु भण्डारण गर्ने उपकरण लगायतको मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको छ ।

पशु बधशालामा बध गरिएका स्वस्थकर मासु उपभोक्तासम्म सहज रुपमा उपलब्ध गराउनका लागि रामधुनीको झुम्का बजारमा हाल रु २० लाखको लगानीमा चार कोठे मिटमार्ट भवनसमेत निर्माण हुँदै छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top