३३ किलाे सुनकाण्ड : फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

१६ जेठ ७५, बिहीबार

विराटनगर,जेठ १७
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।

उनी बिहीबार बिहान आफैँ जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।

सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलका अनुसार फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो तर खत्री बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

Advertisement

उनी फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको थियो । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई केही दिन अगाडि बयानको लागि बोलाए पनि टोलीले पत्र काटे लगत्तै खत्री फरार थिए ।

फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए ।
तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

Advertisement

गोरेले मोरङ अदालतमा दिएको बयानमा खत्री नै सुन तस्करीका प्रमुख व्यक्ति भएको र उनको सेटिङमा नेता र प्रहरीका ठुला हाकिम समेत मिलेको बताएका थिए । उनले बयानका क्रममा तस्करीबाट प्राप्त रकम आफुले ‘खाई मासेको’ र आफुसँग एक रूपैयाँसमेत नरहेको बयान दिएका थिए ।

खत्रीकै सेटिङमा विमानस्थलमा भित्रिने तस्करीको सुन बाहिरिने गरेको बयान गोरेसहितका अभियुक्तले दिएपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए।

खत्री तीन वर्षसम्म निरन्तर विमानस्थलमा कार्यरत रहँदा ठुलो परिमाणमा सुन तस्करी भएको थियो ।

 

सम्बन्धित शीर्षक:

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top