×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

१७ जेष्ठ २०७५

लहान, जेठ १७
राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान– चतरा, गाईघाट– कटारी, सिन्धुली–हेटाँैडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रुपमा अघि बढेकाे छ ।

भित्री मधेसलाई राजधानीसँग जोड्ने सबै भन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेकाे छ ।

Advertisement
Advertisement

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ । डेढवर्ष अघि निर्माण कार्य शुरु भएको वैकल्पिक उक्त राजमार्गको करिब ३५ प्रतिशत भन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।

धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाैँडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलो मिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रेयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।

घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निमार्ण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णको कार्यले गति लिएको निमार्णाधिन धरान चतरा गाईघाट कटारी सिन्धुली हेटाैँडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेश विन्दु श्रेष्ठले जानकारी दिइन् ।

आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको आयोजना प्रमुख श्रेष्ठको कथन छ ।

मुआब्जाको निवेदन दिन छुटेकाको लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ र केही दिनभित्रै मुआब्जाको विषय टुंगिने उनले बताए।

उदयपुर तर्फ निर्माण कार्यमा खासै अवरोध नभए पनि सिन्धुली तर्फ भने विद्युत् प्राधिकरणले विद्युत्का पोल हटाउन ढिला भएको छ । सडक योजना तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइईसी शर्मा लामा जोइन्ट भेञ्चरले रु सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

राजमार्गले उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने जनाएको छ भने सिन्धुली तर्फ दूधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौडासम्म पुग्ने छ ।

Advertisement
Advertisement

वैकल्पिक मार्गको निर्माण कार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निर्माण सम्पन्न हुने स्थानयवासीको कथन छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण शुरु भएसगै स्थानीयवासी हर्षित भएका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top