पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

२२ पुस ७७, बिहीबार

२२ पुस, पोर्चुगल ।

काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् ।

त्यही सपना पूरा गर्ने उद्देश्यसहित चाँदनी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गर्नुभएका ब्यन्जन्कार भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ र विज्ञानअन्तर्गत रवण क्याम्पसबाट ब्याचलर (स्नातक) डिग्री हासिल गरी नर्सिङ पेशामा आवद्ध भएकी हुन् ।

आफ्नो आकांक्षा पूरा गर्न उनी ललितपुर जिल्ला पुल्चोकस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धिमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उनको भूमिकाको उचित मूल्याङ्कन गरी उनलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल प्रशासनले सेवा गर्ने अवसर दिएको बताउँदै तीन वर्ष स्वास्थ्य स्वयंसेवीका रूपमा कार्यरत रहिन् ।

त्यसलगत्तै आफ्नो श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहेको र उनी सन् २०१४ मा पारिवारिक भिसामा पोर्चुगल आएकी हुन् । उनको वैदेशिक यात्रापछि आफ्नो कुशल स्वास्थ्यकर्मी बन्ने इच्छालाई पूर्णविराम लाग्ने हो की भनेर निकै चिन्तित भएको बताउँदै उनले जहाँ ईच्छा त्यहाँ उपाय भन्ने भनाइलाई आत्मसात गरी आफू आएको मुलुकमा आफ्नो रुचिको पेशाका लागि अध्ययनलाई अगाडि बढाउन सोच बनाइन् ।

उनका अनुसार शुरुवातमा नयाँ देश, नयाँ भाषा, निकै कठिनाई भोग्नुपरेको थियो । पोर्चुगलमा अङ्ग्रेजी भाषालाई प्राथमिक नदिने कारण यहीँको पोर्चुगाली मातृभाषा अनिवार्य भएकाले पटकपटक विश्व विद्यालयबाट भाषा परीक्षामा असफल भए पनि कुनै हार नखाइ निरन्तर लागि परेपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएको अनुभव ब्यन्जनाकारसँग छ ।

पोर्चुगलमा नर्सको लाइसेन्सका लागि यहाँको भाषामा डिप्लोमा गर्नुपर्ने पनि अनिवार्य रहेछ । त्यसलगत्तै उनी पोर्तुगिज नर्सिङ काउन्सिलको परीक्षामा सहभागी भई आफूलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल भइन् ।

सन् २०१८ डिसेम्बरदेखि पोर्तो साल्भोमा सञ्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गरिन् । त्यसपछि लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गरिन् । नयाँ स्थान विल्कुलै नयाँ परिवेशमा काम गर्दा शुरुवातका दिनमा निकै कठिनाइ भएको बताउँदै उनले इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेको तथा वरिष्ठ चिकित्सक र नर्सको सहयोगमा काम गर्न सहज भएको अनुभव सुनाइन् ।

उनी अहिले पोर्चुगलको राजधानी लिस्वनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सक्रिय रुपमा कार्यरत रहेकी छिन् । लामो समयको मेहनतको फल अनुरुप आफ्नो लक्ष्य प्राप्त गर्न २०१८ पोर्चुगलमा पहिलो नेपाली लाइसेन्स प्राप्त स्वास्थकर्मीको नामबाट चिनिने अवसर प्राप्त भयो । यो सङ्घर्ष, मेहेनत र सफलतासँगैको पेशाले उनी र उनको परिवार मात्रै नभएर पोर्चुगलमा बसोबास गरिरहेका नेपाली पनि निकै खुशी हुने गरेको उनले बताइन् ।

आफू कार्यरत अस्पतालमा आफूले गरेको कार्यप्रति सन्तुष्टि रहेको बताउँदै उनले आफूलाई समस्या पर्दा सहयोग गर्ने, कामप्रति निर्वाह गरेको इमानदारीतालाई प्रशासनले सम्मान गरेको जानकारी दिइन् । यही समयमा आएको कोरोना भाइरस जसले संसारलाई नै हल्लाइरहेको छ । विश्वभरी ठूलै सङ्ख्यामा मानवीय क्षति भइरहेको छ । कोरोनाकै विश्वव्यापी महामारीमा म आफू रहेको देश पोर्चुगल पनि अछुतो रहनसकेको छैन् । उनको काम, अनुभव र बुझाइअनुसार पोर्चुगल सरकारले समयमै ध्यान दिएका कारण अन्य देशमा जस्तो कोरोना महामारीको सङ«क्रमण फैलने क्रम घट्दै गयो ।

हाम्रो अर्को एक जिज्ञासामा उनले भनिन्, “म मेरो पेशा अनुसार आफू कार्यरत हस्पिटलमा अगाडिको स्थानमा कर्मचारीको रुपमा प्रतिदिन कार्यरत रहिआएको छु । फेरि मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यही वार्डमा भर्ना गर्नेभयो । अस्पताल भर्ना भएका बिरामीलाई केयर पुगे नपुगेको, उनीहरुको स्वास्थ्यस्थिति, टेस्ट रिपोर्ट के कस्तो आइरहेको छ ? त्यो पनि बुझ्नुपर्ने, नयाँ तालीम र मेडिकल अपडेटको पनि जानकार रहनुपर्ने त मेरो जिम्मेवारी नै थियो । जस्तोसुकै अवस्थामा म मेरो पेशाका कारण मानवीय सेवामा जिम्मेवार छु र बन्नु पनि पर्छ । आफू पनि म मान्छे न हुँ । जब आफू बसेको घरबाट सेवाका लागि अस्पताल जान निस्किन्छु मेरो मनले सधैँ सबैको सुस्वास्थ्यका लागि भगवानसँग प्राथना गर्ने गरेकी छु ।”

पछिल्लो समय मनमा कोरोना भाइरस आफूलाई पनि नछाड्ने हो की भन्ने कुराले सताएको अनुभव छ । आफ्नो मनभित्रको डरलाई लुकाउँदै बिरामीलाई हौसला दिने साथै आफ्नो परिवार, साथीलाई, हौसलाका साथ आत्मबल बढाउन सकारात्मक सोचाइको विकास गर्नुपर्ने कुरालाई उनले जोड दिइन् ।

अझ नेपाली समुदायमा भाषाको कठिनाइका कारण स्वास्थमा आएका समस्याको विषयमा छलफल, परामर्श, सल्लाह र जिज्ञासा मेटाउन उनको व्यस्तता उत्तिकै बढिरहेको छ । विभिन्न समयमा नेपाली समुदायले सञ्चालन गरिरहेका स्वास्थ शिविरमा सहभागी भई उनको नेतृत्वमा स्वास्थसेवा प्रदान गर्न विशेष भूमिका निर्वाह गरेकी छिन् ।

उनले कोही नेपाली दिदिबहिनी पनि आफ्नो उद्देश्य अनुसार नर्सिङ पेशामा आबद्ध हुन चाहेमा आफ्नो अनुभवको आधारमा जो कोहीलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।–भगवान गिरी/रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top