नेकपाका दुवै पक्षसँग प्रतिवेदन माग

२४ पुस ७७, शुक्रबार

काठमाडौँ: निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको जानकारी सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभयो ।

Advertisement

आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको छ । पुस ५ मा प्रतिनिधि सभाको विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को ४ अनुसार दुवै पक्षलाई पत्र पठाएको हो । नियममा भनिएको छ, “जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो)मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित पक्षलाई सूचित गर्नेछ ।” आयोगले यसअघि पुस १७ गते दुवै पक्षसँग उहाँहरूले आयोगलाई दिनुभएको जानकारीका सन्दर्भमा थप जानकारी लिन पत्राचार गरेको थियो । सो जवाफमा दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गरेपछि आयोगले फेरि अर्को पत्र पठाउने निर्णय गरेको हो ।

Advertisement

नियम २५ को ५ मा सात दिनभित्र दुवै पक्षबाट विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सोबमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ । कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउने छ । कुनै परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साबिकको विवरण नै कायम रहेको मानिने छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top