दार्चुलामा भारतले फेरि सीमा मिच्यो, नेपालले पठाएको पत्रको बेवास्ता

२४ पुस, काठमाडौं ।

भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ । भारतले अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो । २०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो ।

पुस १ गतेदेखि एकतर्फी रुपमा महाकली नदीमा बाँध निर्माणका काम थालेको भारतले नेपालले पठाएको पत्रको समेत वेवास्ता गरेको छ । दुई देशको सीमामा केही काम गर्नुपरे दुवै देशको समन्वयमा काम गर्नुपर्ने अनराष्ट्रिय नियम छ । तर, भारतले त्यसलाई उल्लंघन गर्दै मनलाग्दी तरिकाले नेपाली भूभागमा बाँध निर्माण गरिरहेको छ ।

Advertisement

महाकाली नदीको बाँध निर्माण गर्ने क्रमा उसले ठूला यन्त्र उपकरण प्रयोग गरेको छ । ढुुङ्गामाटो नदीमा फाल्दा भारततर्फको भाग अग्लो भइ नदीको बहाव नेपालतर्फ फर्किएको छ । समन्वयविना बाँध निर्माण थालेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई पत्र लेख्दै समन्वयविना भएको बाँध निर्माण तत्काल रोक्न आग्रह गरेका छन्।

Advertisement

पत्र पछि पनि काम रोकिएको छैन । कामको गति केही कम गरे पनि अहिलेसम्म बाँध निर्माण भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नना भट्ट जोशीले जानकारी दिए ।

२०७० मा आएको बाढीपछि नेपाली पक्षले बाँध निर्माण गर्न लाग्दा भारतीय पक्षले काममा अवरोध गरेको थियो । त्यसपछि नेपालले सुरु गरिसकेको काम पनि रोकेको थियो । अहिले भने भारतीय पक्षले नेपालले पठाएको पत्रलाई वेवास्ता गर्दै काम अघि बढाइरहेको छ ।

भारतले यसअघि दार्चुलाकै कालापानी र लिपुलेक पनि मिचेको छ । त्यहाँ उसले आफ्ना सेना समेत राखेर नेपालीलाई समेत जान अवरोध गर्दै आएका छन् ।

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top