×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा

२४ पौष, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश ठाउँमा नयाँ र कतिपय ठाउँमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

Advertisement

निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनकाअनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, ’पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।’

पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छरछैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ ।

ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उनको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७र१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ ।

पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उनले भने, ’चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।’

निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका ठाउँमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिए ।

चक्रपथभित्र नयाँ पाइपलाइन नभएका ठाउँमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी ठाउँमा गएको साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ’अरु ठाउँमा निर्माण सकिएपछि मात्रै त्यहाँ ठेक्का गरिएको थियो।’

उपत्यकामा १० ठाउँमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ ठाउँमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताए । यस ठाउँमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उनले जानकारी दिए ।

मेलम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी वितरण गर्नेछ ।

सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उनले जानकारी दिए । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उनले बतए ।

निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाण्डौमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाङ्काल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका ठाउँ रहेका छन् । सरकारले गएको असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनकाअनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उहाँको भनाइ छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ÷छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ । (रासस)

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top