संसद पुनर्स्थापनाले देशमा अस्थिरता जन्माउँछ : गृहमन्त्री थापा

२४ पुस, दोलखा ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टी भित्रका केही नेताहरुले तत्कालै राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने आकांक्षा राखेकै कारण पार्टी बिभाजनको अवस्थामा पुगेको बताएका छन् ।

नेकपा दोलखाले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा मन्त्री थापाले मुलुकमा एकिकृत कम्युनिष्ट पार्टी बनेको देख्न नचाहने, स्थिरता नचाहने, विकास र समृद्धि नचाहने प्रतिगामी तत्वले नेकपा भित्रको कम्जोरी खोजिगरिरहेको उल्लेख गर्दै पार्टीका नेताहरुले नै तत्काल राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने आकांक्षा पुरा नभएपछि बिद्रोह गरिरहेको बुझेर त्यसैमा खेल्दै पार्टी विभाजनको अवस्थामा पुर्याएको बताए।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न प्रतिनिधिसभा विघटनको सिफारिस गर्नु परेको उल्लेख गर्दै यो कदम ऐतिहासिक रहेको गृहमन्त्री थापाको भनाई छ ।

नेकपा सचिवालय सदस्य तथा गृह मन्त्री थापाले पुरानो प्रतिनिधिसभाको पुर्नस्थापनाले देशमा राजनीतिक अस्थिरता निम्ताउने उल्लेख गर्दै पुर्नस्थापनाले प्रतिगमनलाई सहयोग पुग्ने बताए । त्यसैले नयाँ संसद निर्माणको लागि जनताको बीचमा जानुको बिकल्प नरहेको थापाको भनाई छ ।

Advertisement

गृहमन्त्री थापाले पार्टी सचिवालय तथा स्थाई कमिटीमा १९ पेजको आरोप पत्र दर्ता गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट हटाउने उदेश्यसहित अविश्वासको प्रस्तावको तयारी गर्दै फुटवादलाई प्रश्रय गरेकोले अहिलेको अवस्था आएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top