×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

कोरोना खोपका लागि नामावली संकलन गरिँदै

२५ पुष २०७७

२५ पुस, काठमाडौँ ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन सुरु गरेको छ ।

स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावली संकलन थालिएको हो । ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाटै संकलन भइरहेको छ ।

Advertisement
Advertisement

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदा खोप ल्याउन थप पहल हुने अपेक्षा राखेर तयारी तीव्र पारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

‘कोभाक्समार्फत आउने खोप ढिलाइ हुन सक्ने भन्दै किनेर भए पनि अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई तत्काल खोप लगाउने योजना सरकारले बनाएको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘परराष्ट्रमन्त्री भारत जाँदा खोप उपहार दिन सक्ने भएकाले प्राथमिकतामा परेकाको नाम संकलन, खोप भण्डारण र ढुवानीको व्यवस्थापनमा हामी जुटेका छौं ।’

सरकारले खोप ल्याउने तयारी गरेको दाबी गरे पनि खोप लगाउन प्राथमिकतामा परेकाहरूको तथ्यांकसमेत थिएन । स्वास्थ्य सेवा विभागले स्वास्थ्यसम्बन्धी विभिन्न काउन्सिलमार्फत चिकित्सक र स्वास्थ्यकर्मीको तथ्यांक लिन पत्राचार गरे पनि वास्तविकता नआउने भएपछि हरेक स्थानीय तहले विवरण संकलन गरेको हो ।

‘निर्वाचन आयोगले मतदाताको नामावली संकलन गरेजसरी नाम संकलन गरिरहेका छौं,’ विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले भने, ‘जसको नाम समावेश हुँदैन उसलाई पहिलो चरणमा खोप दिन सकिँदैन ।

अहिले संकलन भएको नामावलीको आधारमा हरेक जिल्लामा खोप पठाउने गरी योजना बनाइनेछ ।’ निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको समेत तथ्यांक संकलन भइरहेको उनले बताए ।

‘अग्रभागमा स्वास्थ्यकर्मीले काम गर्ने भएकाले निजी होस् वा सरकारी सबैलाई उत्तिकै प्राथमिकतामा राखेर खोप दिने हाम्रो योजना छ,’ उनले भने । सरकारी योजनाअनुसार ५२ हजारभन्दा बढी महिला स्वयंसेविकाले पहिलो चरणमै खोप लगाउनेछन् ।

अधिकांश जिल्लाबाट तथ्यांक आइसकेको शाखाले जनाएको छ । काठमाडौंमा नौ सयभन्दा धेरै स्वास्थ्य संस्था भएकाले नामावली संकलन गर्न सकस भएको विभागले जनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको तथ्यांक तत्काल पठाउने व्यवस्था मिलाउन शाखाले बिहीबार स्वास्थ्य कार्यालय प्रमुखलाई बोलाएर निर्देशनसमेत दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउनुपर्ने व्यक्तिको नाम, उमेर, लिंग, काउन्सिलमा दर्ता नम्बर ९चिकित्सक हो भने मेडिकल काउन्सिल, नर्स हो भने नर्सिङ काउन्सिल०, पद, कार्यरत संस्थाको नाम संकलन गरेर पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको थियो ।

स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वयंसेविकाको विवरण जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाउनुपर्ने हुन्छ । स्थानीयबाट आएको तथ्यांकलाई जिल्लाले प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य सेवा विभागका पठाउनुपर्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले संकलन गरेको विवरणकै आधारमा खोप दिइने भएकाले आफ्नो नाम समावेश भए–नभएको यकिन गर्न स्वास्थ्यकर्मीहरूलाई विभागले आग्रह गरेको छ । अहिले नाम छुटेकालाई दोस्रो चरणमा मात्रै खोप लगाउन सकिने डा. गौतमले बताए ।

Advertisement

खोप आएको दुई साताभित्रै अग्रभागमा खटिनेलाई खोप लगाइने विभागले अनुमान गरेको छ । स्वास्थ्यकर्मीलाई पहिलो डोज लगाइसकेपछि ५५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने योजना सरकारको छ । उनीहरूको नाम मतदाता नामावलीबाट पनि संकलन गर्न सकिने विभागले जनाएको छ । यो खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top