×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन

२५ पुष २०७७

२५ पुस, म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ ।

गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

Advertisement
Advertisement

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।

“वडास्तरको विपद् व्यवस्थापन कोषमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति र दाताले गरेको सहयोगबाट पहिरो पीडितको आवास निर्माणका लागि जग्गा खरीद गरिएको हो”, वडाध्यक्ष सुवेदीले भने, “भारतमा रहनुभएका जग्गादाता आएपछि राम्चेमा थप छ रोपनी जग्गा प्राप्तिको काम सकिन्छ ।”

प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब रु ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा रु ३८ लाख ५० हजार खर्च भएको छ ।

टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु २७ लाख पनि कोषमा राखिएको थियो । स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा पहिरोका कारण १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए ।

तेइस वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रीस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो । व्यवस्थापन गरिएको जग्गामा सडक पुर्याएर सम्माउने तयारी गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ । तीन वटा घर र एक वटा शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ । बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ ।

धौलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरो पीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ । धौलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पुर्याएको थियो ।

गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । गत बर्खाको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए (रासस)

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top