हवाई उडानलाई विकेन्द्रीकरण गरिने

२५ पुस ७७, शनिबार

२५ पुस, माेरङ।

Advertisement

संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् ।

उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज मोरङमा आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए ।

Advertisement

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढङ्गले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए । मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

छलफल कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरे, सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गरेका थिए ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top