४ पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले भने- न्यायालयलाई नधम्क्याउनुस्

२५ पुस, काठमाडौं ।

Advertisement

चार पूर्वप्रधानन्यायाधीशहरुले शुक्रबार जारी गरेको विज्ञप्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । काठमाडाैँमा आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  उनले पोहोर परार अदालतमा ‘जागिर खाएका’ भन्दै आक्रोश व्यक्त गरेका हुन्।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

Advertisement

ओलीले स्वतन्त्र न्यायालयलाई लोकतन्त्रमा कदर गर्न सिक्नुपर्ने बताए। ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्यायालय, न्याय, संविधानका कुरा गर्ने? सडकबाट तपाईं फैसला दिनुहुन्छ कि संवैधानिक इजलाशबाट? संविधानमा संवैधानिक इजलाश छ। अहिले अति जान्ने सुन्ने अजासु निस्किएर संवैधानिक इजलाशले हुँदैन, कुन संविधानले भन्यो तपाईंलाई संवैधानिक इजलाशले हुँदैन?’, उनले प्रश्न गरे।

उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने, जुन इजलाश भन्यो त्यही हुनुपर्ने, जे फैसला भन्नुहुन्छ, त्यही गर्नुपर्ने भए अदालत किन चाहियो भन्दै उनले प्रश्न गरे। ‘स्वतन्त्र र सम्मानित न्यायपालिकाको कदर गर्न सिक्नुस्,’ उनले भने।

Advertisement

शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक रहेको आशय सहितको विज्ञप्ति जारी गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top