तीन महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै

२५ पुस ७७, शनिबार

२५ पुस, काठमाडाैँ ।

Advertisement

निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु¥याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ ।

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

Advertisement

उनले निजी क्षेत्रलाई आर्थिक समृद्धिको साझेदार मानेर उनीहरुसँगै हातेमालो गरी आर्थिक उन्नयनका निम्ति अघि बढ्न सरकार तयार रहेको बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताउँदै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गरे ।

सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठको गत आर्थिक वर्षमा रु १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई यो वर्षको पहिलो पाँच महिनामा रु चार खर्ब ७५ अर्बको व्यापार घाटा भइसकेको सन्दर्भमा निर्यात प्रवद्र्धनमा लागेका निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सरकारले सघाउनुपर्नेमा जोड थियो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले रत्न तथा आभूषण सङ्घका प्राविधिक समस्या समाधान गर्न सहजकर्ताको भूमिका विभागले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top