वाग्मतीको मुहान क्षेत्रमा ४०० माछाका भुरा छाडियो

२५ पुस ७७, शनिबार

२५ पुस, काठमाडौं ।

Advertisement

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको वाग्मती नदी किनारमा आज ४०० माछाका भुरा छाडिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना लगायत अभियानकर्मीले शहर र गर्दी जातिका ४०० माछाका भुरा छाडेका हुन्।

Advertisement

त्यस अवसरमा राज्यमन्त्री मानन्धरले राजधानीको सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती नदी र यसका किनारका धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबै तहका सरकार एवं स्थानीयवासीको सहकार्य हुनुपर्नेमा जोड दिए ।

राज्यमन्त्री मानन्धरले गोकर्णेश्वर महादेव मन्दिरको संरक्षण गर्न सरकारका तर्फबाट आवश्यक सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे। विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ, सम्पदास्थल लगायत सार्वजनिक स्थानमा सफाइ अभियान चलेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top