भरतपुरमा खानेपानीको दुई करोड बढी बक्यौता उठ्न बाँकी

२५ पुस ७७, आइतबार

२६ पुस, काठमाडौं ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ ।

महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६–७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो ।

चालु आव २०७७–७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए ।

Advertisement

नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उनले बताए । रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पु¥याएको छ । वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् ।

Advertisement

बोर्डले सबै ठाउँमा खानेपानी पुर्याउनका लागि काम गरिरहेको बराल बताउँछन् । यो आवमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए । हालसम्म बोर्डका ३० हजार ग्राहक छन् अर्थात् ३० हजार धारा जडान गरिएका छन् ।

अब ग्रामीण भेगहरुमा खानेपानी पु(याउन बाँकी रहेको बरालको भनाइ छ ।(रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top