व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड

१७ जेठ ७५, शुक्रबार

काठमाडौँ, जेठ १८
मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ ।

युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाएका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा लैजानुपर्ने बताए।

Advertisement

शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

पुनःगठित अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top