×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

पाइपलाइनबाट दुई वर्षमा पेट्रोल

२७ पुष २०७७

२७ पुस, काठमाडाैँ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताएका छन् ।

Advertisement

निगमको ५१औँ साधारणसभामा पछिल्लो समय निगमले विभिन्न प्रविधि भित्र्याउन सफल भएको भन्दै उनले पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिन आग्रह गरे ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने बताए । उनले पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजेलमात्र आयात भइरहेकामा पेट्रोलसमेत ल्याउने तयारी भएको जानकारी दिए ।

उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन क्षमताको विस्तार गरेर डिजेलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत मात्रै गर्ने व्यवस्था गर्न लागिएको बताए । खाना पकाउने एलपी ग्यासको ढुवानीका लागि इन्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सीमा नजिकको ‘लोकेशन’बाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरेको उनले जानकारी दिए ।

उनले पूर्वाधारमा तीव्ररूपमा भएको विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङ्कको दरले वृद्धि हुँदा माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गरिएको बताए । महाप्रबन्धक पौडेलले निगमको वार्षिक नीति तथा कार्यक्रमस्वरुप चालु आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारणगृहको निर्माण र विस्तारको काम शुरु भएको बताए।

यसैगरी झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन विस्तार, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति गरेर पूर्वाधार विकासको काम भएको उनले जानकारी दिए ।

उनले मेकानिकल लकिङबाट डिजिटल लकिङ, टैंक–ट्रकहरुको नियमित अनुगमन, डिलरहरुको डिजिटल नक्साङ्कन गर्ने कार्यको शुरुआत गरिएको उल्लेख गर्दै निगमको सबै कार्यलाई व्यवस्थित बनाउन उद्यम संसाधन योजना सफ्टवेयरअनुसार तयार गर्ने, निगमको केन्द्रीय प्रयोगशालालगायत अन्य प्रयोगशालाहरुलाई आइएसओ, एलइसी १७०२५ मान्यता गराई अन्तर्राष्ट्रियस्तर बमोजिम कायम गर्ने गरी आवश्यक कार्यको प्रारम्भ गरिएको बताए ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताए । विसं २०२७ मा स्थापना भई पेट्रोलियम पदार्थको ढुवानीको एकलौटी अधिकार पाएको निगम पछिल्लो समय नाफामा गएको छ ।

गत आर्थिक वर्ष २०७६र७७ मा निगमले रु १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको निगम पछिल्लो समय नाफामा गएको हो । निगमले गत आव २०७२र७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३र७४ मा रु नौ अर्ब ४५ करोड, २०७४र७५ मा रु तीन अर्ब ५८ करोड, २०७५र७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६र७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको जनाइएको छ ।

गत वर्षको भदौ (२०७६ साल भदौ २४ गते) देखि सञ्चालनमा ल्याइएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत १० महिनाको अवधिमा निगमले ढुवानीमार्फत रु एक अर्ब ४७ करोड बचत गरेको छ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top