×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

इन्डोनेशिया विमान दुर्घटनाः विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य जारी

२७ पुष २०७७

२७ पुस, एजेन्सी ।
इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ।

शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए। राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो।

खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन्। अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ।

इन्डोनेशियाको राष्ट्रिय यातायात सुरक्षा समितिका एक अनुसन्धानकर्ताले समाचारसंस्था रोएटर्सलाई आफूहरूले सोमवारसम्ममा ब्ल्याक बक्स फेला पार्ने आशा गरेको बताएका छन्।

अहिले अनुसन्धानकर्ताहरूले विमानको पाङ्ग्रा लगायतका अन्य केही भाग भन्ठानिएका सामग्रीको विश्लेषण गरिरहेका छन्। विमानको एउटा इन्जिनको टर्बाइन पनि फेला परेको बताइएको छ।

दुर्घटनामा परेका कोही पनि जीवित फेला पर्न सक्ने सम्भावना नभएको देखिएको छ। शनिवार दिउँसो श्रीविजया एअरको विमान जकार्ताबाट स्थानीय समयानुसार १४ः३६ मा उडेको थियो।

उडानहरूको विवरण राख्ने वेबसाइट Flightradar24.com का अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ह्वात्तै ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।

प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्। विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालकदलका १२ सदस्य रहेको बताइएको छ।

विमानको क्षमता भने १३० यात्रुको थियो। अधिकारीहरूका अनुसार विमानमा सवार सबै जना इन्डोनेशियाली नागरिक नै थिए। विवरणअनुसार उक्त बोइङ ७३७–५०० विमान २६ वर्षअघि बनेको हो।

श्रीविजया एअरका प्रमुख कार्यकारी जेफरसन इर्विन जाउवेनाले संवाददाताहरूलाई विमान राम्रो अवस्थामा रहेको बताएका छन्। ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको उनले बताए।

सन् २००३ मा स्थापना भएको श्रीविजया एअर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ।
राजधानी जकार्ताबाट २० किलोमिटर उत्तरतिर उक्त विमान हराएको थियो।

त्यही ठाउँनजिकै सन् २०१८ को अक्टोबरमा पनि विमान दुर्घटनामा परेको थियो। उडेको १२ मिनेटमा इन्डोनेशियाली लायन एअर समुद्रमा डुब्दा जम्मा १८९ जनाको ज्यान गएको थियो।(बीबीसी)

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top