×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

प्रतिनिधिसभा निर्वाचनमा स्वयम आफूसहित पार्टीका उम्मेदवारहरुको अनपेक्षित पराजयपछि इतिहासकै सबैभन्दा लज्जास्पद नतिजा निकालेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।

Advertisement
Advertisement

निर्वाचनको सम्पूर्ण परिणाम आएपछि सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै अध्यक्ष ओलीले ’लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको’ बताएका छन्।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन्।

निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताएका छन्। ‘हामी जनताकै बीचमा रहनेछौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद,’ उनले भनेका छन्।

एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ। अध्यक्ष केपी शर्मा ओली झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग करिव ५० हजारको मतान्तरले पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष ओलीसहित नेकपा (एमाले)का सबै पदाधिकारी पराजित भएका छन् ।

ओली झापा–५ बाट पराजित भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग फराकिलो मतान्तरले पराजित भएका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत ल्याए । उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ मा रास्वपाका उमेदवार सुलभ खरेलसँग पराजित भए ।

खरेलले ५६ हजार ५६० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । उनीहरूबीचको मतान्तर ४३ हजार ६८९ छ । अर्का उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङ लमजुङमा रास्वपाकै उमेदवारसँग पराजित बने । उनी रास्वपाका धर्मराज केसीसँग पराजित भएका हुन् । केसी ३३ हजार ८९८ मत ल्याएर निर्वाचित भए ।

गुरुङले १६ हजार ८७६ मत पाए । एमालेका महासचिव शंकर पोखरेल पनि फराकिलो मतान्तरसहित पराजित भए । पोखरेललाई रास्वपाका सह–महामन्त्री विपीन आचार्यले पराजित गरेका हुन् । आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८२ मत ल्याए । उनीहरूबीचको मतान्तर २८ हजार २७५ रह्यो ।

उपाध्यक्ष गोकर्ण विष्ट भने झिनो मतान्तरले पराजित भए । उनी गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका हुन् । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याए । उनीहरूबीचको मतान्तर ५६१ रह्यो । एमाले उपमहासचिव लेखराज भट्ट कैलाली–४ मा पराजित भए ।

त्यहाँ रास्वपाका खेमराज कोइरालाले चुनाव जिते । कोइरालाले २८ हजार ५५६ मत ल्याए । ९ हजार ४४४ मतसहित भट्ट तेस्रो स्थानमा रहे । कांग्रेसका गोरखबहादुर विष्ट दोस्रो भए । विष्टले ११ हजार ३०१ मत ल्याए । उपमहासचिव रघुवीर महासेठ पनि पराजित भए । धनुषा–४ मा महासेठ तेस्रो भए ।

त्यहाँ रास्वपाका राजकिशोर महतोले चुनाव जिते । महतोले ४८ हजार २७० मत ल्याउँदा महासेठले ११ हजार ५२९ मत ल्याए । कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव दोस्रो भए । उनले १५ हजार ८०९ मत ल्याए । सचिव राजन भट्टराई तेस्रोपटक पराजित भए । उनी काठमाडौं–४ बाट पराजित भएका हुन् ।

त्यो क्षेत्रमा रास्वपाका पुकार बमले २९ हजार १२४ मत ल्याए । कांग्रेसका सचिन तिमिल्सेना आठ हजार ८२४ मत ल्याउँदा भट्टराईले पाँच हजार ७३३ मत मात्रै पाए । त्यस्तै, एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट पराजित भए । उनी कांग्रेसका सन्तोष सुब्बासँग पराजित भएका हुन् ।

सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकालले १० हजार ६२८ मत पाए । अर्का सचिव महेश बस्नेत फराकिलो मतान्तरसहित पराजित भए । भक्तरपुर–२ मा रास्वपाका राजीव खत्री ३१ हजार ३३८ मतान्तरले हराउँदै सांसद निर्वाचित भएका हुन् । खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे ।

एमाले सचिव शेरधन राई पनि पराजित भए । भोजपुरमा उनी श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित भएका हुन् । ध्रुवराजले १६ हजार ६६३ मत ल्याए । शेरधनले १४ हजार ७५० मत पाए । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल समानुपातिक सूचीमा छन् ।

उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएका थिएनन् । पार्टीको यो लज्जास्पद नतिजापछि ओलीमाथि राजीनामाको दबाब बढ्दै गएको छ । उपमहासचिव योगेशले अध्यक्षले मार्गप्रशस्त नगर्ने अप्रिय कदम चाल्नु पर्ने अवस्था आउने सम्मको सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

आज मात्रै नेकपा एमाले नेता गोकुल बास्कोटाले पार्टीले अहिलेका कमीकमजोरी नसच्याए अर्को पटक सकिने टिप्पणी गरेका छन्। निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले यस्तो धारणा राखेका हुन्।

उनले पाँच वर्षअघिको घटनाक्रमबारे पनि स्मरण गरेका छन्। ‘पाचवर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाइमेक्स (उत्कर्ष) र कोल्याप्स (अवसान) को समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।

Advertisement

तत्कालीन समयमा सोभियत संघबाट नसिकेको र चिनियाँ नक्कल (सुपरफ्लप) कामयाव हुन नसकेको बताएका छन्। ‘सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ,’ उनले भनेका छन्। प्रतिनिधि सभाको हालै भएको निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट हाराहारी मात्रै जितेको छ। निर्वाचानमा रास्वपाका प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी दुई तिहाइ नजिकको मतसहित सबैभन्दा शक्तिशाली दल बनेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top