×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

इरानसँग जारी युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि अब उनकै केही सल्लाहकारहरूको दबाब बढ्दै गएको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’को रिपोर्ट अनुसार ट्रम्पका केही निकट सल्लाहकारहरूले निजी रूपमा उनलाई इरान युद्धबाट बाहिर निस्कन एउटा स्पष्ट ‘एक्जिट प्लान’ सार्वजनिक रूपमा पेस गर्न सल्लाह दिइरहेका छन् ।

Advertisement
Advertisement

ह्वाइट हाउसले यो रिपोर्टको खण्डन गरे पनि ट्रम्पका दुईवटा अभिव्यक्तिले यसको पुष्टि गरेका छन् । उनले सोमबार इरान युद्ध धेरै चाँडै समाप्त हुने र अमेरिका युद्धमा तय गरिएको समयभन्दा अगाडि चलिरहेको बताएका थिए । वाल स्ट्रिट जर्नलका अनुसार सल्लाहकारहरूको बुझाइमा अमेरिकी सेनाले यो अभियानमा आफ्ना धेरै प्रमुख सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको बताइएको छ ।

अब जनताका सामु युद्धको उद्देश्य लगभग पूरा भइसकेको सन्देश दिनु आवश्यक रहेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यस युद्धका मुख्य लक्ष्यहरू विभिन्न तहमा तय गरिएका थिए । यसमा इरानको मिसाइल कार्यक्रम नष्ट गर्ने, उसको नौसेनालाई कमजोर बनाउने, मध्यपूर्वमा इरानद्वारा समर्थित ‘प्रोक्सी’ समूहहरूको सैन्य क्षमता समाप्त गर्ने र इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्ने विषय सामेल छन् ।

अमेरिका र उसको सहयोगी इजरायलले केही समयदेखि इरानका सैन्य अखडाहरू, मिसाइल बेस र नौसैनिक सुविधाहरूलाई निशाना बनाउँदै लगातार आक्रमण गरिरहेका छन् । पेन्टागनको मूल्यांकन अनुसार यस युद्ध अभियानमा अमेरिकाको खर्च दैनिक करिब एक अर्ब डलर पुगेको छ, जसले अमेरिकी अर्थतन्त्र र राजनीतिक वातावरणमा असर पारिरहेको छ ।

युद्ध लामो समयसम्म लम्बियो भने यसले राष्ट्रपतिको लोकप्रियतामा असर पार्न सक्ने रिपोर्टमा उल्लेख छ । हाल रिपब्लिकन पार्टीका अधिकांश नेताहरूले इरानमाथिको सैन्य कारबाहीलाई समर्थन गरे पनि पार्टीभित्रै पनि आउँदो निर्वाचनलाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

ट्रम्पका समर्थकहरूले उनको साथ छोड्न सक्ने खतरा रहेको बताइएको छ । महँगीलाई लिएर अमेरिकी जनमत ट्रम्पको विपक्षमा हुँदै गएको छ । धेरै रिपब्लिकन नेताहरूले सल्लाहकारहरूसँग फोनमा सम्पर्क गरी युद्धको राजनीतिक प्रभाव के हुने र यसले मतदाताहरूको झुकाव कता जान सक्छ भनेर सोधखोज गरेका छन् ।

इरानसँगको संघर्ष बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । अमेरिकामा पेट्रोल र ग्यासको मूल्य बढ्न थालेको छ, जसले महँगीको दबाब बढाएको छ । यही कारणले ट्रम्पका केही सल्लाहकारहरू सरकार युद्धबारे बढी आक्रामक होस् भन्ने चाहन्छन्, कारण जनतालाई यो अभियान आवश्यक र सफल छ भन्ने विश्वास दिलाउन सकियोस् ।

यही कारण ट्रम्पले इरानले यो युद्ध हारिसकेको बयान लगातार दिइरहेका छन् । र, दिनमा कम्तीमा एकपटक इरानलाई कडा धम्की दिने गर्छन् । हालैको जनमत सर्भेअनुसार अमेरिकामा इरान युद्धलाई लिएर मात्र २५ प्रतिशत मानिसले समर्थन गरेका छन् । धेरै सर्भेहरूले समर्थन र विरोध धेरै हदसम्म पार्टीगत आधारमा बाँडिएको देखाएका छन् ।

रिपब्लिकन मतदाताहरूमा समर्थन बढी छ भने डेमोक्रेटिक समर्थकहरूमा विरोध बढी देखिएको छ । यद्यपि ‘रोयटर्स’को सर्भेले स्पष्ट रूपमा धेरैजसो मानिस युद्धको विपक्षमा रहेको बताएको थियो । प्रशासनका वरिष्ठ अधिकारीहरूका अनुसार जबसम्म इरानले क्षेत्रीय देशहरूमा आक्रमण गरिरहन्छ र इजरायल इरानभित्र सैन्य कारबाही जारी राख्न चाहन्छ, तबसम्म युद्ध सकिने सम्भावना कम छ ।

इरानले कुनै पनि हालतमा यो युद्ध आफ्नो मन्जुरीबिना सकिन नदिने बारम्बार दोहो¥याइरहेको छ । सुरुआत अमेरिका–इजरायलले गरेका हुन् । तर, अन्त्य इरानले गर्ने बताएको छ । युद्ध सकिने समयसीमाको अन्दाज नहुँदा अब यो ‘आर्थिक युद्ध’मा परिणत हुँदै छ, जसको असर अमेरिका, इजरायल र खाडी देशहरूमा देखिन थालेको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले अमेरिकाले सैन्य अग्रता हासिल गरेको बेला ट्रम्पले यसलाई सन्तोषजनक जितको रूपमा प्रस्तुत गर्न नसकुञ्जेलसम्म सैन्य कारबाही रोक्ने पक्षमा नरहेको वाल स्ट्रिट जर्नललाई बताएका छन् । रिपोर्टमा अमेरिका र इजरायलको लगातारको आक्रमणका बाबजुद इरान अहिलेसम्म पूर्णरूपमा नझुकेको देखेर ट्रम्प छक्क परेका पनि भनिएको छ ।

विश्लेषकहरूले युद्ध लम्बियो भने यसको असर मध्यपूर्वको सुरक्षा व्यवस्थामा मात्र नभई वैश्विक ऊर्जा बजार, अन्तर्राष्ट्रिय राजनीति र अमेरिकाको आन्तरिक राजनीतिमा पनि गहिरो रूपमा पर्न सक्ने बताएका छन् । यता ह्वाइट हाउसले वाल स्ट्रिट जर्नलको रिपोर्टलाई पूर्णरूपमा खारेज गरिदिएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो खबर अज्ञात स्रोतहरूमा आधारित ‘बकवास’ भएको र त्यस्ता मानिसहरू राष्ट्रपति ट्रम्पसँगको कुनै पनि बैठकमा उपस्थित नभएको बताइन् । उनले ट्रम्पका उच्च सल्लाहकारहरू २४सै घण्टा ‘अपरेसन एपिक फ्युरी’ सफलतापूर्वक जारी रहोस् भन्नेमा ध्यान दिइरहेका र सैन्य अभियान कहिले समाप्त हुन्छ भन्ने फैसला केवल राष्ट्रपति तथा सेनाका सर्वोच्च कमान्डरका रूपमा ट्रम्पले नै गर्ने बताइन् ।

यसैबची ब्लुमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार, अमेरिकाले समुद्रमा अलपत्र परेका ढुवानीहरू खरिद गर्न ३० दिनको छुट दिएपछि भारतले बिक्री नभएको करिब ३ करोड ब्यारल रुसी कच्चा तेल खरिद गरेको छ । रिपोर्टका अनुसार, पश्चिम एसिायबाट हुने तेलको प्रवाहमा अवरोध आएपछि तत्काल वैकल्पिक उपायका रूपमा भारतीय रिफाइनरहरूले उपलब्ध कार्गोहरू सुरक्षित गर्न द्रुत रूपमा कदम चालेका छन् जसमध्ये धेरैजसो पहिले नै एसियाली जलक्षेत्रमा रहेका थिए ।

भारतले यसअघि रुसी तेलको खरिदमा कटौती गरेको थियो र ती आपूर्तिको केही हिस्सा साउदी अरब र इराकको कच्चा तेलले प्रतिस्थापन गरेको थियो । तर, नयाँ दिल्लीले आधिकारिक रूपमा रुसी तेल किन्न बन्द गर्ने कहिल्यै बताएको छैन र ठूलो मात्रामा तेलको प्रवाह जारी नै छ ।

यद्यपि, हालका महिनाहरूमा समग्र आयातको मात्रा घटेको थियो । हर्मुज जलयोजक विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक भए पनि भारतको कच्चा तेल आयातको करिब ४० प्रतिशत मात्र यो जलमार्ग भएर आउँछ । तैपनि, यस अवरोधले भारतीय रिफाइनरहरूलाई स्थिर ऊर्जा प्रवाह कायम राख्न वैकल्पिक कच्चा तेलको आपूर्ति सुरक्षित गर्न बाध्य पारेको छ ।

ब्लुमबर्गले उल्लेख गरेका स्रोतहरूका अनुसार, छुटपछि इन्डियन आयल कर्पोरेशन र रिलायन्स इन्डस्ट्रिज लगायतका भारतीय रिफाइनरहरूले स्पट मार्केटमा उपलब्ध लगभग सबै रुसी कार्गोहरू खरिद गरेका छन् । धेरैजसो कच्चा तेल ट्यांकरहरूमा लोड भइसकेको थियो र एसियाली जलक्षेत्रमा थियो तर खरीददारहरूसँग सम्झौता हुन बाँकी थियो ।

व्यापारीहरूका अनुसार, इन्डियन आयलले करिब १ करोड ब्यारल खरिद गरेको छ भने रिलायन्सले कम्तीमा अर्को १ करोड ब्यारल खरिद गरेको छ र बाँकी परिमाण अन्य भारतीय रिफाइनरहरूले लिएका छन् । यसैबीच इरानसँगको युद्ध सुरु भएदेखि अमेरिकी जलसेनाले हर्मुज जलयोजक हुँदै व्यावसायिक जहाजहरूलाई सैन्य सुरक्षा (स्कर्टिङ) प्रदान गर्न ढुवानी उद्योगले गरेका लगभग दैनिक अनुरोधहरूलाई अस्वीकार गरेको यस मामिलाका जानकार स्रोतहरूले रोयटर्स समाचार संस्थाले जनाएको छ ।

जलसेनाले अहिले आक्रमणको जोखिम अत्यन्त उच्च रहेको बताएको छ । जलसेनाको यस मूल्यांकनले मध्यपूर्वको तेल निर्यातमा निरन्तर अवरोध आउने संकेत गरेको छ । यसले राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइभन्दा भिन्न स्थिति देखाउँछ जसमा उनले यो मुख्य जलमार्गमा नियमित ढुवानी पुनः सुरु गर्न आवश्यक परेको बेला अमेरिका जलसैनिक सुरक्षा प्रदान गर्न तयार रहेको बताएका थिए ।

एक हप्ताभन्दा अघि इरानमाथि अमेरिका–इजरायली युद्ध सुरु भएदेखि यो साँघुरो जलयोजकमा ढुवानी लगभग ठप्प भएको छ । यसले विश्वको तेल आपूर्तिको करिब पाँच भागको एक भाग निर्यात हुनबाट रोकेको छ र विश्वव्यापी तेलको मूल्यलाई सन् २०२२ यताकै उच्च बिन्दुमा पुर्याएको छ ।

इरानको रिभोल्युसनरी गाड्र्सका एक वरिष्ठ अधिकारीले जलयोजक बन्द भएको र त्यहाँबाट जान खोज्ने जुनसुकै जहाजमाथि इरानले प्रहार गर्ने बताएका छन् भनी गत साता इरानी सञ्चारमाध्यमले रिपोर्ट गरेका थिए । यसअघि नै धेरै जहाजहरू प्रहारको चपेटामा परिसकेका छन् ।

अमेरिकी जलसेनाले ढुवानी र तेल उद्योगका प्रतिनिधिहरूसँग नियमित ब्रिफिङ गरिरहेको छ । ती ब्रिफिङका क्रममा जलसेनाले तत्कालका लागि सैन्य सुरक्षा (स्कर्टिङ) प्रदान गर्न असमर्थ रहेको बताएको यस मामिलाका जानकार तीन ढुवानी उद्योग स्रोतहरूले बताएका छन् ।

विषयको संवेदनशीलताका कारण नाम नखुलाउने शर्तमा ती स्रोतहरूले बताएअनुसार ढुवानी उद्योगले ती ब्रिफिङका क्रममा जलयोजक पार गर्न जलसैनिक सुरक्षाका लागि लगभग हरेक दिन अनुरोध गरिरहेको छ । तीमध्ये एक स्रोतका अनुसार, मंगलबारको ब्रिफिङमा पनि जलसेनाको मूल्यांकनमा कुनै परिवर्तन आएको छैन र आक्रमणको जोखिम कम भएपछि मात्र सुरक्षा प्रदान गर्न सम्भव हुने बताइएको छ ।

पेन्टागनले यसबारे टिप्पणीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । आवश्यक परेको बेला हर्मुज जलयोजकबाट ट्यांकरहरूलाई पार गराउन अमेरिका तयार रहेको ट्रम्पले हालका दिनहरूमा बारम्बार भन्दै आएका छन् । ‘जब समय आउँछ, आवश्यक परेमा अमेरिकी जलसेना र यसका साझेदारहरूले ट्यांकरहरूलाई जलयोजक पार गराउनेछन् । यसको आवश्यकता पर्ने छैन तर पर्यो भने हामी उनीहरूलाई सुरक्षा दिएर सिधै पार गराउनेछौं,’ उनले सोमबार फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा भने ।

जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले मंगलबार पत्रकारहरूलाई आदेश दिइएको खण्डमा जहाजहरूलाई जलयोजक पार गराउने सम्भावित विकल्पहरूका बारेमा अमेरिकी सेनाले अध्ययन सुरु गरेको बताए । ‘हामी त्यहाँ धेरै विकल्पहरू हेरिरहेका छौं,’ केनले पेन्टागनमा पत्रकारहरूलाई बताए ।

एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताए अनुसार, अमेरिकी सेनाले अहिलेसम्म कुनै पनि व्यावसायिक जहाजलाई जलयोजक पार गराउन सुरक्षा दिएको छैन । यसअघि सोही दिन अमेरिकी ऊर्जा सचिव क्रिस राइटले एक्समा जलसेनाले एउटा जहाजलाई सफलतापूर्वक पार गराएको भनी गरेको पोस्ट हटाएका थिए ।

हालका दिनहरूमा सो जलमार्गबाट केही जहाजहरू आवतजावत गरे पनि अधिकांश ढुवानी यातायात अझै रोकिएको छ र सयौं जहाजहरू लंगरमा अड्किएका छन् । विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अराम्कोले इरानसँगको युद्धले हर्मुज जलयोजकमा ढुवानी अवरुद्ध पारिरह्यो भने विश्वको तेल बजारका लागि यसको विनाशकारी परिणाम हुने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय गठबन्धन नै संलग्न भए पनि हर्मुज जलयोजकलाई सुरक्षित बनाउन गाह्रो हुने समुद्री सुरक्षा विशेषज्ञ र विश्लेषकहरूले बताएका छन् । इरानले समुद्री बारुदी सुरुङ (माइन) बिछ्याउने वा सस्तोमा बनेका ड्रोनहरू प्रयोग गर्न सक्ने क्षमता यसको कारण हो ।

‘फ्रान्स, अमेरिका, अन्तर्राष्ट्रिय गठबन्धन वा अरू कोही पनि हर्मुज जलयोजकलाई पूर्ण रूपमा सुरक्षित गर्ने स्थितिमा छैनन्,’ युरोपियन इन्स्टिच्युट फर स्टडीज अन द मिडल इस्ट एण्ड नर्थ अफ्रिकाका निर्देशक एडेल बाकावानले भने । दुई इराकी बन्दरगाह सुरक्षा स्रोतहरूको प्रारम्भिक मूल्यांकन अनुसार, गत साता इरानले इराकी जलक्षेत्रमा लंगर हालिरहेको एउटा कच्चा तेल ट्यांकरलाई क्षति पुर्याउन विस्फोटक पदार्थले भरिएको रिमोट कन्ट्रोल डुंगा प्रयोग गरेको थियो ।

एक समुद्री सुरक्षा स्रोतका अनुसार, जलयोजकलाई सुरक्षित बनाउन अमेरिकाले इरानको विशाल तटलाई आफ्नो नियन्त्रणमा लिनुपर्ने हुन सक्छ । ‘त्यसो गर्नका लागि पर्याप्त जलसैनिक जहाजहरू छैनन् र सुरक्षा दिँदा पनि जोखिम उच्च नै रहन्छ । एउटा वा दुईवटा जहाजलाई साना र तीव्र डुंगा वा ड्रोनको समूहले सजिलै नियन्त्रणमा लिन सक्छ,’ स्रोतले बतायो ।

पेन्टागनले मंगलबार ढुवानी सुचारु हुन नसकेमा इरानमाथि अझ कडा प्रहार गर्ने धम्की दोहोर्याएको छ र आफूले इरानी माइन बिछ्याउने जहाजहरू र माइन भण्डारण सुविधाहरूमा आक्रमण गरिरहेको बताएको छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top