पृथ्वीनारायण शाहलाई अभिनन्दन गरौंः रामचन्द्र पौडेल

२६ पुस ७७, सोमबार

२७ पुस, विराटनगर ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहलाई अभिनन्दन गर्नुपर्ने बताएका छन्।

Advertisement

२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। पौडेलले आजको दिनमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झनुपर्ने उल्लेख गरेका हुन्।

पौडेलले संविधानवाद र लोकतन्त्रका पहरेदार चार पूर्व प्रधानन्यायाशीलाई पनि एक दिन लोकतान्तिक नेपालले अभिनन्दन गर्नुपर्ने बताएका छन्।

Advertisement

उनले भनेका छन्, आजको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झौँ र अभिनन्दन गरौं, सँगसँगै नेपालमा संविधानवाद र लोकतन्त्रका पहरेदार चार पूर्व प्रधानन्यायाधीशको पनि लोकतान्त्रिक नेपालले अभिनन्दन गर्नु पर्ने छ।

आइतवार देउवा निवास बुढानीलकण्ठमा भएको एक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीले दिवस मनाउन नसक्ने बताएका थिए। काँग्रेस नेता अर्जुननरसिंह केसीले भने लाज नमानी पार्टीले पृथ्वी दिवस मनाउनुपर्ने बताएका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top