नेकपा ओली समूहले जारी गर्यो १० बुँदे अन्तरपार्टी निर्देशन

२६ पुस ७७, सोमबार

२७ पुस, काठमाडौं ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले सोमबार १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

अन्तरपार्टी निर्देशन भनेर जारी गरिएको विज्ञप्तिमा ओली समूहले प्रतिनिधि सभा विघटन गर्नुको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लगाएको छ ।

दाहालले लगातार प्रधानमन्त्री ओलीको राजीनामा माग्‍नुका साथै सांसदको फर्जी हस्ताक्षर लिएर अविश्वासको प्रस्ताव संसद्‍ सचिवालयमा दर्ता गरेपछि बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नु परेको उल्‍लेख गरेका छन् ।

ओलीले बैशाख १७ र २७ गते हुने चुनाव सफल पार्नका लागि कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन् । दाहाल र माधव नेपालले लगातार घेराबन्दी गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी ओेलीको छ ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण तथा आगामी चुनाव सम्पन्‍न पार्न ओलीले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोक्‍नुका साथै केन्द्रीय कमिटी विस्तार गरेर १५ सय पुर्‍याएका छन् । ओलीले मनोनित गरेका सदस्यलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि ओली समूहको केन्द्रीय कमिटी संख्या १ हजार ५ सय १ पुगेको हो ।

यस्तै नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकले १६ बुँदे निर्णय गरेको पनि जनाएको छ । बैठकले दिवंगत भएका नेता कार्यकर्तालाई श्रद्धाञ्जली दिनेदेखि उखु किसानको बक्यौता भुक्तानीका लागि पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै चुनाव सफल पार्न नेता कार्यकर्तालाई आह्वान गर्ने, विप्लव समूहबाट मारिएका मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको भर्त्सना गर्ने लगायतका निर्णय पनि गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाबाट दाहाल–नेपाल समूह अलग्गिएको थियो ।

प्रतिनिधि सभा विघटनविरुध्द दाहाल–नेपाल समूह सडक आन्दोलनमा उत्रिएको छ भने ओली समूह विघटनको बचाउ गर्दै चुनावमा जानुपर्नेमा जोड दिदै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top